बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सशस्त्र प्रहरीका एसपी धिमाल, घुमुवा रामराज मार्फत रकम असुली गराउदै

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १५, २०८१ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सशस्त्र प्रहरीका एसपी धिमाल, घुमुवा रामराज मार्फत रकम असुली गराउदै
Rampam
3D Education Lahan

रंजित चौरसिया

वीरगंज १४ फाल्गुन। सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले संगठनकै नीति निर्देशनलाई ठाडो चुनौती दिदै घुमुवा परिचालन गरेको पाईएको छ । सशस्त्र प्रहरी बल नेपाल संगठनले घुमुवाहरुलाई परिचालन नगर्न ठाडो निर्देशन दिएपनि सशस्त्र प्रहरी उपरीक्षक धिमालले संगठनकै नीति निर्देशनलाई धज्जि उडाउदै अघोषित रुपमा घुमुवा परिचालन गरी आर्थिक लाभ लिईरहेको समाचार स्रोतले जनाएको छ ।

खास गरी सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल पर्साले आर्थिक लाभ लिनकै लागि सशस्त्र प्रहरी जवान रामराज यादवलाई अघोषित रुपमा घुमुवा तोकी नाका–नाकाबाट अवैध कारोबारीहरु सँग महिनवारी असुली गरि गराई रहेको बताईन्छ । 

सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले सशस्त्र प्रहरी जवान रामराज यादव र पानालालको संयुक्त नेतृत्वमा चार जनाको घुमुवा टोली परिचालन गरेको पाइएको हो । तस्कर संगठन संग मासिक रकम उठाउनको निम्ति घुमुवा परिचालन गरेको बजारमा व्यापक चर्चाको बिषय बनेको छ । 

सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल माथि राजनीतिक दलका केही नेता तथा सांसदसम्मको छत्रछाया भएको भन्दै संगठनकै नीति निर्देशनलाई धज्जि उडाउदै घुमुवा परिचालन गरेको बताईन्छ । प्रहरी उपरिक्षक धिमाल पर्सामा आए पछि करिब एक महिना सिमानाकामा एकदमै कडाई गरेका थिए । 

सो पश्चात अवैध कारोबारी र तस्करहरुले पर्सामा रहेको बिओपी र गुल्मका प्रमुखहरु मार्फत एसपी धिमालले सेटिङ्ग मिलाए पछि बिगत केही महिना देखि पर्साको अधिकांश नाकाहरुबाट तस्करी फस्टाएको स्रोतको भनाई रहेको छ ।

पर्सा जिल्लाको अधिकांश नाकाहरुबाट तस्करी र अवैध कारोबारबाट उठेको रकम बिओपी र गुल्म प्रमुख वा घुमुवा मार्फत एसपीसम्म पुग्ने गरेको र बाकी नाकाहरुको लागि घुमुवा रामराज र पानालाल मार्फत रकम असुली गराई राखेको स्रोतको दाबी रहेको छ ।

हाल पर्साको श्रीसिया, ड्राईपोर्ट, अलौं, अमरपटी, प्रसौनी, पकहाँ, खेश्राहा, भिस्वा, आसवारी, भिखमपुर, सुवर्णपपुर, बिजयबस्ती, ठोरी लगायतका बिओपी र गुल्मका प्रमुख र घुमुवाहरुले मासिक करिब ४० लाख एसपी धिमाललाई बुझाउने गरेको स्रोतको दाबी रहेको छ । सो मध्ये केही बिओपी प्रमुखहरुले आफ्नो नाकाबाट राम्रो काम नभएको भनि महिनवारी कम दिन थालेकोले एसपी धिमालले आफ्नो घुमुवा राख्न बाध्य भएको एक सशस्त्र प्रहरीले नाम न छाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

यी नाकाहरुबाट कपडा, काजु, कस्मेटिक, चल्ला, भैसी, केराउ, काजु, मरिच, कपडा, हार्डवेयर, किनारा, कुखुरा लगायतका सामग्रीहरु सशस्त्र प्रहरीको सेटिङ्गमा निर्वाध रुपमा नेपाल भित्रिरहेको छ भने नेपालबाट रक्सी, जनावरको हडी, कबाड, काठ लगायतका सामग्रीहरु भारत गईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुको भनाई रहको छ । 

सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालले चोरी तस्करीका साथै हुने गरेको अवैध क्रिययाकलाप रोकथामका लागि इमान्दार प्रहरी भनाउदाहरुलाई सीमा नाकामा पठाउने गरेका छन । तर सीमामा आउने सशस्त्र प्रहरी उपरीक्षकले समेत जो जोगि आएनि कानै चिरेको भनाइबाट अछुतो नहुने गरेको काम कारवाहीबाट प्रस्ट हुन्छ । सशस्त्र प्रहरी बल नेपाल संगठनलाई जनताको बिश्वासिलो संगठनको रुपमा रुपान्तरण गर्न आईजीपि अर्याल लागेपनि केहि कर्मचारीहरुको आर्थिक मोहका कारण विश्वासिलो संगठनको रुपमा रुपान्तरण हुन नसकिएको बताइन्छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]