दोहा - नेपाल वायुसेवा निगमका दुई न्यरोबडी र एउटा बाईडबडी सहित तीन वटा जहाज एकैसाथ ग्राउन्डेड हुँदा दोहा काठमाडौ दुईतर्फी आजको उडान रद्द भएको छ।
एयरलाइन्सले सूचना एक जारी गर्दै अर्को सुचना न आउनुजेल सम्म उडान रद्द भएको जनाएको छ।तिन फिन यता आधा दर्जन गन्तव्यमा उडनुपर्ने उडान धमाधम रद्द हुँदा कम्तीमा दुई हजार यात्रु अलपत्र परेका छन।
निगमसँग १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न १ सय ५७ सिट क्षमताका दुइटा एयरबसका ए३२० न्यरोबडी र २ सय ७४ सिट भएका दुईटा एयरबसका ए३३० वाइडबडी विमान गरी चारवटा जेट छन् । तर एक सातायता निगमका तीनवटा विमान पटकपटक बिग्रिए। चीनमा सीचेक सकिएको सगरमाथा न्यरोबडी भुक्तानीमा समस्या सृजना हुँदा एक सातादेखि उतै थन्किएको छ ।
अर्को लुम्बिनी न्यरोबडी अगाडिको पाङ्ग्रामा समस्यादेखिएपछी तीन दिन साउदीअरबको दमाममा थन्किएको थियो। त्यहाँको साउदी एयरलायन्सको सहायतामा मर्मत गरेर मंगलबार बिहान काठमाडौंमा अवतरण भएको त्यो विमानमा पुनः समस्या देखिएपछि निगमले विमानस्थलमा रहेको मर्मतशालामा राखेको छ।
निगमका प्राविधिकले यो विमान काठमाडौंमा मर्मत गर्न नसकिने जनाउँदै बिहीबार दिल्ली पठाउने जनाए।त्यस्तै मंगलबार बेलुकी वाइडबडी अन्नपूर्ण दिल्लीमा नियमित जाँचका कारण रोकियो। बुधबार बिहान दिल्लीबाट मर्मत गराएर ल्याइएको वाइडबडीमा इन्धनसम्बन्धी एकासी नयाँ समस्या देखिएपछि पुनः ग्राउन्डेड गरिएको छ।
अब निगमसँग एउटामात्रै वाइडबडी उडानमा छ। बुधबार बिग्रिएको वाइडबडी बिहीबारसम्म मर्मत गरेर उडाउने योजना छ। यसको स्पेयर पार्ट यूकेबाट झिकाइएको छ मर्मतमा संलग्न एक इन्जिनियरले भने।



















