सिराहा - जय माता दी मिडिया हाउस प्रा. लि.द्वारा सञ्चालित बालासुन्दरी खबर डटकम तथा बालासुन्दरी खबर राष्ट्रिय दैनिक पत्रीका दोस्रो वर्षमा प्रवेश गरेको छ।

सत्य तथ्य निष्पक्ष खबर भन्ने मुल मन्त्रका साथ २०८०  फाल्गुन १४ गते सञ्चालनमा आएको न्युज पोर्टल र पत्रीकाले आफ्नो प्रकाशनको पहिलो वर्ष पुरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ।

आफ्नो प्रकाशनको दोस्रो वर्षसम्म आइपुग्दा विभिन्न चुनौतीहरुलाई सामना गर्दै सत्य तथ्यमा रहेर हामीले सधैं पत्रकारिताको आधारभुत सिद्धान्तभित्र रहेर समाचार प्रकाशन गर्दै आएका सम्पादक रामएकवाल रामले बताए। 

सम्पादक रामले बालासुन्दरी खबरलाई यो स्थानसम्म ल्याउन सहयोग गर्ने सम्पुर्ण पत्रकार, कर्मचारी विज्ञापनदाता,सहयोगी, टेक्निकल लगायत सम्पूर्ण पाठकलाई धन्यवाद दिँदै जनपक्षीय पत्रकारितामा आफूहरु कतैपनि नचुकेको बताए।

जनताको पक्षमा हामीले सशक्त रुपमा कलम चलाएका छौँ। जनमुखी र खोज मुलक समाचारमा हाम्रो यात्रा निरन्तर अघि बढ्ने छ राम बताउँछन।

आगामी दिनहरुमा यहाँहरु संगसँगै हामी बालासुन्दरी खबरलाई सबल, सिर्जनशील, सहनशीलता र विश्वसनियतामा थप उचाई बढाउने छौँ। नागरिक र सञ्चार माध्यमको सम्बन्धले नै सामाजिक विकासमा सहयोग पुग्ने हुँदा बालासुन्दरी खबरलाई तपाईं पाठकहरूको साथ रहनेछ भन्ने हाम्रो विश्वास छ। अन्तमा हाम्रा सम्पुर्ण पाठक, विज्ञापनदाता, कर्मचारी, पत्रकारहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं।