दोहा :- समाजिक र हास्य कथावस्तुमा निर्माण भएको नेपाली चलचित्र लाज शरणम विहिबार देखि कतारमा प्रदशन हुने भएको छ।

फिलमा निर्देशक कुमार कट्टेलले आज एक पोस्टर सार्वजनिक गर्दै नेपालमा फिल्म सार्वजनिक भएको बताए।

चलचित्र एसियन टाउनको सिनेमा हल, मल अफ कतार, शुक वाकिफ, अलखोर , भिलाजियो, जेरोवान मलमा प्रदर्शन हुने अन्तर्राष्ट्रिय वितरक सेभेन सिजले जानकारी गराए।

चलचित्रमा नेपाल हासेको बोलको गितमा काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहको स्वर सङ्गीत र शब्द रहेको छ। चलचित्रमा धुर्मुस, बिजय बराल, अर्जुन घिमिरे , पाडे, हरिष निरौला , कक्रोज, सागर लम्साल , बले प्रियाना आचार्य , महेश त्रिपाठी , अर्पण थापा रेनु योगी लगायतको कालाकारहरुको अभिनय रहेको छ।