रामएकवाल राम
दोहा :- मध्यपुर्व दौडाहामा रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता पुर्व अर्थ, परराष्ट्र एवं ऊर्जा मन्त्री तथा प्रनितिधि सभा सदस्य डा.प्रकाश शरण महतले पार्टीलाई बलियो बनाउनका लागि कार्यकर्तालाई सक्रिय हुन आग्रह गरेका छन ।
नेपाली जनसमर्पक समिति कतारले आयोजना गरेको स्वागत सम्मन तथा भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले सबै भन्दा धेरै भातृ र शुभेच्छुक संस्था भएको काङ्ग्रेस पार्टीलाई बलियो बनाई राख्नको लागि कार्यकर्ताको सक्रियता अहिलेको आवश्यकता रहेको बताए। छोटों जानकारीमा यति भब्य उपस्थिति सहितको कार्यक्रम आयोजना गरेको जनसम्पर्क समिति क़तारलाई प्रशंसा गर्दै यसरी नै हरेक तह र तप्कामा रहेका महिला मुस्लिम जनजाति मधेशीहरुको उपस्थितिले पार्टी बलियो हूने बिचार व्यक्त गरे ।
कार्यक्रममा नेपालबाट प्रवक्ता महत संगै आउनू भएका नेपाली कांग्रेसका महासमिती सदस्य,तरुणदल केन्द्रिय सदस्य दिनेश राई, दुवा छिरिङ लामा नेपाली जनसम्पर्क समिति साऊदी अरबका संस्थापक राजु सैयदलाई सम्मन गरिएको हो।

समितीका सभापति मोहम्मद अजिज अलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा डाक्टर प्रकाश शरण महतको प्रमुख आतिथ्यता रहेको थियो। समितिका संस्थापक सभापति नरेन्द्र भाट, संस्थापक महामन्त्री बिमल सूबेदी, महासमिति सदस्य दिनेश राई, लगायत महाधिवेशन प्रतिनिधिहरु क्रान्ति सिन्ह, शंकर न्यौपाने, प्रवीन गुरुङ, राज रेग्मि र तरुणदल केन्द्रीय सदस्य दुवा छिरींङ लामाको उपस्थिति रहेको थियो ।
विधिवत रुपमा सुरुवात गरेको कार्यक्रममा नेपाली जनसम्पर्क समितिको आन्तरिक रुपमा सम्पन्न उक्त कार्यक्रममा समितिका संस्थापकहरु सल्लाहकारहरु पूर्व पदाधिकारीहरु इकाई कमिटी र आस्थावानहरुको उपस्थिति रहेको थियो । कार्यक्रम महामन्त्री केदार भुसालद्वारा संचालन भएको थियो भने स्वागत मन्तव्य उपसभापति ठाकुर परियारले राखेका थिए ।

सभापति मोहम्मद अजिज अलिले व्यस्त शेड्यूलका बावजूद पनी आफ्नो समय प्रदान गर्नुहूने प्रमुख अतिथि विशिष्ट अतिथिहरुलाई हार्दिक आभार सहित कार्यक्रम भव्य रुपमा सफल बनाउन विशेष भूमिका निर्वाह गर्नु हुने संस्थापक सभापति नरेन्द्र भाट, संस्थापक महामन्त्री बिमल सूबेदी महाधिवेशन प्रतिनिधि राज रेग्मि लगायत कार्यसमितिका साथीहरु ब्यवस्थापनमा सहयोग गर्नुहूने सम्पूर्ण साथीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै समापन गरेका थिए।




















