रामएकवाल राम
दोहा, कतार : जनता समाजवादी पार्टी ( जसपा) नेपालका प्रवास सङ्गठन नेपाली समाज कतारद्वारा भेटघाट सम्मान तथा शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न गरेको छ।
फेब्रुअरी २० तारीख विहिबार बेलुकी दोहाको माअजा होटेलको सभाहलमा सम्पन्न कार्यक्रममा कतार भ्रमणमा रहनु भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री माननीय उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा तथा नेपाली समाज कतारका अध्यक्ष मनिष यादवको सभापतित्वमा सप्पन्न भएको हो।

नेपाली समाज कतारले आयोजना गरेको स्वागत भेटघाट, सम्मान तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथिअध्यक्ष यादवले सत्ताको बागडोर सम्हालेर नागरिकता विहीन नागरिकलाई नागरिकता प्रदान गर्ने नाममा लाखौं नागरिकलाई अंगीकृत नागरिकता प्रदान गरेर दोस्रो पुस्तालाई वंशजको नागरिकताबाट वञ्चित गरेको बताउँदै तराईका जनतामाथि राष्ट्रले पटक-पटक अन्याय गरेको बताए ।

अध्यक्ष यादवले तराई-मधेशका जनताले आफ्नो हक हित र अधिकारका लागि बोल्दा मात्र पनि मधेशी, धोती र इन्डियनको ट्याग लाग्ने गरेको बताउँदै नेपालभित्र नेपाली भएर बाँच्न पाउने अधिकार सुरक्षित र सुनिश्चितताका लागि मधेश आन्दोलनको अपरिहार्यता परेको स्मरण गरे ।

विधिवत रुपमा सुरुवात गरेको कार्यक्रममा समाजकी उपाध्यक्ष देवी मगरले स्वागत मन्तव्य राखेकी थिइन।कार्यक्रममा समाजका प्रमुख सल्लाहकार तेज मोक्तान तमाङ्ग, सल्लाहकारहरु डिएन मगर,शिव कुमार महतो,डा. मुदस्सीर आलम ,कलाम खान,मो. तनबिर रेजा,रामबाबु यादव,जाहागिर आलम,अबधेश कुमार मण्डल,सन्दिप कुमार मण्डल,मोहम्मद मेराजुदिन,सुरेश मण्डल,चन्द्रविर यादव, प्रेम मण्डल लगायत कार्यसमितिका पदाधिकारी तथा जसपा नेपालका शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा विभिन्न व्यक्तिहरूले शुभकामना तथा शुभेच्छा स्वरूप आफ्ना भनाइ राखेका थिए।
कार्यक्रम मार्फत प्रमुख अतिथिलाई सम्मान पत्र तथा कार्यसमितिका पदाधिकारी एव शुभचिन्तकहरुलाई कदर पत्र प्रदन गरेको थियो।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष मनिष यादवले कार्यक्रम एतिहासिक रहेको भन्दै कतारमा आफ्नो पेसाबाट बचेको समयलाई समाज सेवाका रूपमा वैचारिक संगठन मार्फत राष्ट्रका लागि खर्चिएको बताउँदै गलत भ्रमात्मक समाचार र सामाजिक सञ्जालका पछि नलाग्न जसपा नेपाल सङ्ग आस्थावानहरुलाई आग्रह गरे ।
उनले आफ्ना हक अधिकारका लागि सकारात्मक आवाज विश्वबाट उठाउन सकिने हुँदा प्रवासमा रहेर आफ्नो परिवारसहित राष्ट्रको समुचित विकास र सेवामा खर्च गर्न आग्रह गरे ।यादवले मधेशी अधिकार सम्पन्न हुँदा मात्र नेपाली बनिने नत्र मधेशीकै ट्याग लाग्ने हुँदा नेपालभित्र आम नेपाली सरह सबैले स्थान पाउनुपर्नेमा आफू सचेत र सजग रहेको बताउँदै रङ अबिरको पर्व होली तथा आउदै गरेको ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको शुभकामना व्यक्त गर्दै उपस्थित सबैमा धन्यवाद ज्ञापन गरे ।

समाजका सचिव इशिलाल पण्डितले संचालन गरेको कार्यक्रममा अर्का सचिव रामएकवाल रामले सहजीकरण गरेको थियो।























