बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

विभेदकारी राज्य ध्वस्त पार्न अन्तिम लडाइँ लड्नुपर्छ उपेन्द्र यादव

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १३, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
विभेदकारी राज्य ध्वस्त पार्न अन्तिम लडाइँ लड्नुपर्छ उपेन्द्र यादव
Rampam
3D Education Lahan

दुबई । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेदकारी राज्यसत्तालाई ध्वस्त गर्न एकपटक अन्तिम लडाइँ लड्नुपर्ने बताएका छन् । 

मधेशी एकता समाज दुबईले आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष यादवले यस्तो बताएका हुन् । एकपटक क्रान्तिमा जानुबाहेक अर्को विकल्प छैन, एक पटक आन्दोलन भएपछि राणा शासन फालियो, दोस्रो आन्दोलन भएपछि निरकुंश पंचायत फालियो, तेस्रो आन्दोलन भएपछि राजतन्त्र फालियो उनले भने चौथो आन्दोलन गरेर विभेदकारी राज्य व्यवस्था फ्याल्नुपर्छ र त्यसका लागि मधेशीहरू एक जुट हुनुपर्छ।

आर्थिक रूपमा सबैभन्दा पिछडिएको समुदाय रहेको बताएका यादवले सबैभन्दा पिछडिएको प्रदेश मधेश र सबैभन्दा पिछडिएको जिल्ला रौतहट रहेको पनि बताए । मधेशको चेतनास्तर निकै पछाडि रहेकाले मधेशी असंगठित पनि रहेका उनको भनाइ थियो। 

अन्तर्क्रियामा उनले शासन प्रशासनको अवसरबाट वञ्चित रहेका कारण मधेशी समुदाय अपहेलित जीवन जिउन बाध्य भएको पनि बताए । 

मधेश गोरखा शासकद्वारा कब्जा गरिएको भूमि हो, केही भूमि अंग्रेजले दिएको छ भने केही कब्जा गरिएको छ उनले भने कब्जा गरिएका भूमिका मान्छे शासित हुन्छन्, देशको ७० प्रतिशत राजस्व मधेशबाट आउँछ तर मधेशलाई विकास गर्न दिने बजेट हो १२ प्रतिशत छ, यसले त सयौं वर्षमा पनि मधेशले विकास गर्न सक्दैन । किनभने बजेट बनाउने ठाउँमा मधेशी छैन ।

यी समस्याहरू गैरराजनीतिक तरिकाले समाधान नहुने उनको भनाइ थियो। राजनीति गरे पनि नगरे पनि राजनीति चेतना हुनु सबैमा आवश्यक रहेको उनले बताए । त्यही चेतनाले शक्तिमा पुर्‍याउँछ र अधिकार दिलाउँछ उनले भने सत्ता, शाक्ति र राज्य स्रोतमा मधेशीको पहुँच पुर्‍याउनुपर्छ।'

वैदेशिक रोजगारीमा गएका देशमध्ये सबैभन्दा बढी मधेशीको खराब अवस्था साउदी, मलेसिया र कतारमा रहेको उनको बुझाइ थियो। मधेशीले पठाएको रेमिटेन्स मधेशमा खर्च नगरेर अन्यत्र खर्च गरेको पनि उनले त्यहाँ गुनासो गरे। 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]