बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सिरहामा जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा भारतीय नागरीकलाई नागरीकता

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १३, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सिरहामा जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा भारतीय नागरीकलाई नागरीकता
Rampam
3D Education Lahan

सिरहा -  जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिएको खुलेको छ। सिरहाको नरहा गाउँपालिका ३ का वडा अध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डलले आर्थिक चलखेलगरी भारत, बिहार, मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मियाँलाई नेपाली नागरिक्ताको लागि सिफारिस दिएको खुलेको हो। 

वडा अध्यक्ष अन्सारीकै सेटीङमा नक्कली बुवा–आमा खड्डा गरी मियाँलाई नागरिकता दिएको स्थानीयहरुको भनाई रहेको छ। सग्लो अक्षर समेत नचिन्ने नरहा गाउँपालिका ३ खोरियाका अमानत मियाँ (नागरिकता नं. १५३०७०/८२) र उनकी पत्नी रजिना खातुन (नागरिकता नं. १५–०१–७६०१३३५) लाई वडा सचिव र वडा अध्यक्ष अन्सारीले नै नक्कली आमा÷वुवा बनाई सिफारीमा सनाखत बसेको स्थानियहरु बताउँछन्। 

तर, अमानत मियाँ भने आफूलाई कुनै पैसा नदिएको बताउँछन्। उनी भन्छन, ‘मेरो छोरोको  नागरिकता बनाउनको लागि सिफारिस लिन गएको बेला सचिवले यसमा पनि सहि गरिदेउ भनेकाले सहि गरिदिएको थिएँ। उनले मेरै छोरा वनाएको भन्ने मैले पछि मात्र थाहा पाएँ। मलाई सचिवले अलमल्याएर सहि गर्न लगाएका हुन् मोस्ताक मेरो छोरो होइन।’ 

एक स्थानीयले भने पैसाको प्रलोभन उनीहरु बुवा आमा बनेका हुन्। सवै तारतम्य मिलाउने वडा अध्यक्ष आफै रहेको दावी गरे।

नागरिकता सिफारिस र अन्य अन्य तारतम्य मिलाउन अध्यक्ष अन्सारी र सचिव मण्डलले एक लाखभन्दा बढी भारतीय रुपैयाँ लिएको नाम नखोल्ने शर्तमा एक स्थानियले बताए। उनले भने, ‘वडा अध्यक्ष अन्सारीले नै जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई समेत अतिरिक्त रकम दिलाएर नागरीकता बनाईदिएको हो।’ 

वडा अध्यक्ष अन्सारीले त्यसदिन कार्यालयमा भिडभाड भएकाले भुलचुकमा त्यस्तो हुन गएको बताए। उनले भने, ‘त्यसदिन कार्यालयमा अलि भिडभाड थियो, सचिवले मलाई कागजदिए, मैले पनि धेरै ख्याल नगरी सहि गरेर पठाईदिएँ। भुलचुकका कारण हुन गएको हो।’

सचिव मण्डलले भने नागरिकता सिफारिसमा अध्यक्षले लगाएको तोक आदेशको आधारमा कागजपत्र मिलाएको हो। मलाई यहाँ कसको छोरो को हो भन्ने कसरी जानकारी  हुन्छ। मेरो यसमा कुनै दोष छैन। 

जिल्ला प्रशासन कार्यालय सिरहाबाट २०८० असार २६ गते मोस्ताकको नाममा जारी १५०१८०–४३६२ नम्वरको नागरिक्ता बनेको करवि दशदिन पछि नै स्थानियहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। 

उजुरीमा तत्कालिन प्रशासकीय अधिकृत भवेश झाले नजिकको प्रहरी कार्यालयमा पठाई सत्य तथ्य बुझी आवश्यक कार्यावाही गर्ने भनी तोक आदेश गरेको थियो। तर, आर्थिक प्रभाव र राजनितिक दवावका कारण अहिले सम्म दोषी उपर कुनै प्रकारको कानुनी कार्यवाही अगाडी बढाएको छैन्।  

स्थानीयले जिल्ला प्रशासन कार्यालय सिरहाबाट मोसताक मियाँ नामका भारतीय व्यक्तिलाई नेपाली नागरिकता प्रदान गरिएको बारे जानकारी गराउँदा समेत जिल्ला प्रशासन कार्यालयले हाल सम्म कुनै चासो नदेखाउनुले पनि तलदेखि माथिसम्मको  सबै मिलेमतो रहेको पुष्टि गर्छ। 

यस विषयमा जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक जिल्ला अधिकारी तेजराज बरालसँग बुझ्दा उनले यो घटना आफ्नो नोटिसमा नरहेको बताए। उनले भने, ‘यो विषय मेरो नोटीसमा छैन, म बुझेर तपाइँलाई जानकारी गराउँला।

480816794_929865876021164_4704364356591082324_n

481682571_929865869354498_7319866365150418715_n

481091576_929865872687831_9127231509860698341_n

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]