काठमाडौं : माघ महिनामा ७२ हजारभन्दा बढी युवा–युवती वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको माघ महिनाको प्रगति विवरणअनुसार माघमा ७२ हजार ४४१ जना युवा–युवती वैदेशिक रोजगारीमा गएका छन् ।

पुसमा ६७ हजार २५८ जनाको श्रम स्वीकृति भएको थियो । पुसको तुलनामा माघमा ५ हजारभन्दा केही बढी हो । माघ महिनाको तथ्यांकले दैनिक सरदर २ हजार ४०० जना वैधानिक प्रक्रियाबाट वैदेशिक रोजगारीमा गएका देखिन्छ ।

माघ महिनामा म्यानपावर कम्पनीबाट ३३ हजार ४५२ जना गएका छन् । उक्त तथ्यांकले म्यानपावरबाट १ हजार ११५ जना गएका देखिन्छ ।

माघमा व्यक्तिगत श्रम स्वीकृति लिनेमा ९ हजार ७१५ जना छन् । पुनः श्रम स्वीकृति लिनेको संख्या २८ हजार २५८ छ भने जीटुजीमार्फत १ हजार १६ जना गएका छन् ।