बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सिराहा सामूहिक बलात्कार प्रकरण: लेनदेन गरी मिलापत्र गराउने तीनजनाविरुद्ध अदालतबाट म्याद थप

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १३, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सिराहा सामूहिक बलात्कार प्रकरण: लेनदेन गरी मिलापत्र गराउने तीनजनाविरुद्ध अदालतबाट म्याद थप
Rampam
3D Education Lahan

सिराहा - सिराहाकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले आइतबार सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिइएकामध्ये पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गराउन संलग्न तीनजनालाई थप अनुसन्धानका लागि सिराहा जिल्ला अदालतले म्याद थप गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र कमलेशकुमार दासलाई पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गराउन संलग्न रहेको कसुरमा थप अनुसन्धानका लागि पहिलोपटक पाँच दिनको म्याद थप गरिएको बताए । ‘नियन्त्रणमा लिइएकामध्ये एकजना निर्दोष पाइएपछि सोमबार छोडिएको छ,’ उनले भने । प्रहरीले आफ्नो स्रोतसाधनले भ्याएसम्म घटनामा प्रत्यक्ष रूपले संलग्न मुख्य आरोपीहरूलाई पक्राउ गर्ने प्रयास गरिरहेको उनले बताए । 

मधेश प्रदेश प्रहरी कार्यालयबाट गठित छानबिन समितिका संयोजक एसएसपी शान्तिराज कोइरालाले मृतक परिवारले दिएको पूरक जाहेरीका आधारमा आफूहरूसहित स्थानीय प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताए । ‘घटनामा प्रत्यक्ष जोडिएका प्रतिवादी फरार रहेको र पोस्टमार्टमको रिपोर्ट आइसकेको भए पनि बलात्कार भए नभएको यकिन गर्न भेजाइलन स्वाबको रिपोर्ट आइसकेको छैन,’ उनले भने । प्रहरीले शव परीक्षण गर्ने वेलामै यौनजन्य कसुरसम्बन्धी परीक्षणका लागि लेखी पठाइसकेकाले भेजाइनल स्वाब परीक्षणको रिपोर्टसमेत आएपछि यकिन हुने उनले बताए । ‘रिपोर्ट ढिलो हुनुमा केही प्राविधिक विषय, कार्यालयसँग सम्बन्धित कुरा पनि छन्,’ उनले भने, ‘रिपोर्ट प्राप्त भएपछि सार्वजनिक गरौँला ।’ रिंकुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ फागुनमा शव परीक्षण भएको थियो । 

सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा स्वस्फूर्त रूपमा सामाजिक अभियन्ता, अधिकारवादी संघ–संस्थाहरूले दोषी पक्राउ गरी कानुनी कारबाही र पीडित परिवारलाई न्याय र क्षतिपूर्तिको मागसहित प्रदर्शन गरिरहेका छन् । लहान नगरपालिका–१५ ढोढनाका अध्यक्ष तेजनारायण चौधरी, न्यायिक समिति सदस्य रामकुमारी दास, वडासदस्य विष्णुदेव चौधरीलगायतका जनप्रतिनिधि, स्थानीय दलित समुदायले सोमबार प्रदर्शन गरेका छन् । 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]