रामएकवाल राम

दोहा :- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता पुर्व अर्थ, परराष्ट्र एवं ऊर्जा मन्त्री माननीय डा.प्रकाश शरण महत कतार आई पुगेको छ।

कतारको हमद अन्तर्राष्ट्रिय विमान स्थलमा नेपाली जनसम्पर्क समिती कतारका सभापति मोहम्मद अजिज अली महामन्त्री केदार भुसाल समाजसेवी बुद्धिजीवी पत्रकार लगायत नेपाली काङ्ग्रेससङ्ग आस्था राख्ने नेपालीहरुको बाक्लो उपस्थितीमा स्वागत गरेका छन।

संस्थागत भेटघाटको क्रममा ओमान, साउदी अरेबिया हुँदै प्रवक्ता महत सङ्गै नेपाली कांग्रेसका महासमिती सदस्य,तरुणदलका केन्द्रिय सदस्य दिनेश राई डुवा छिरिङ लामा,नेपाली जनसम्पर्क समिति साऊदीका संस्थापक राजु सैयद आज कतार आईपुगेको हो।आज बेलुकी नेपाली जन समपर्क समिति कतारले स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम राखेको सभापति मोहम्मद अजिज अलीले जानकारी गराए।