माधव नेपालसँग नजिकिँदै रामकुमारी, गुटको भेलामा सहभागी
फागुन १२, २०८१ / बालासुन्दरी खबर
काठमाडौं । नेकपा समाजवादी निकट विद्यार्थी सङ्गठनको विवाद सतहमा आएको छ ।
अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपक्षिय विद्यार्थी नेताहरूले फरक फरक भेला गर्न थालेका छन् ।
जस अन्तर्गत सोमबार नेकपा एसनिकट अनेरास्ववियूका अलग अलग भेला सम्पन्न भए । काठमाडौँको रत्न राज्यलक्ष्मी क्याम्पसमा अध्यक्ष नेपाल निकट विद्यार्थीको भेला आयोजना गरियो ।
ललितपुरको बालकुमारीस्थित क्याथफर्ड इन्जिनियरिङ कलेजमा सम्मानित नेता झलनाथ खनाल निकट विद्यार्थी नेताहरूको भेला सम्पन्न भयो । भेलाको उद्देश्य आसन्न स्ववियु निर्वाचनलाई एजेन्डा थियो । तर काम भने शक्ति प्रदर्शनको भयो ।
यही भेलाबाट पार्टी अध्यक्ष माधव नेपालसँग टाढिएकी नेतृ रामकुमारी झाँक्री पनि पार्टीको काममा सहभागी भइन् । आरआर क्याम्पसमा भएको भेलामा रामकुमारी झाँक्री प्रमुख अतिथि थिइन् ।
पार्टी नेतृत्वसँग टाढिएकी झाँक्री फेरी अध्यक्ष नेपालसँग नजिक हुन थालेकी हुन् ।