बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

मधेशी एकता समाज यूएईद्वारा दुबईमा भव्य होली मिलन समारोह सम्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १२, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
मधेशी एकता समाज यूएईद्वारा दुबईमा भव्य होली मिलन समारोह सम्पन्न
Rampam
3D Education Lahan
दुबई, यूएई – मधेशी एकता समाज यूएईले भव्य रुपमा होली मोलन समारोह सप्पन्न गरेको छ।आइतबार दुबईको बरदुबईस्थित क्लब एसके ७ मा कार्यक्रमको आयोजना गरी ७०० भन्दा बढी मधेशी समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।

समाजका यूएई अध्यक्ष रोशन मार्क्सिस्टको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख आतिथ्यतामा  रहेको थियो।नेपाली दूतावास दुबईका राजदूत तेज बहादुर क्षेत्री, मधेशी एकता समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय अध्यक्ष डा. रबिन्द्र कुमार यादव, दूतावासका तृतीय सचिव बिमलेश मिश्र, श्रम सहचारी पंकज लावकर्ण, मधेशी एकता समाज नेपालका संयोजक डा. बबी सिंह यादव, अन्तर्राष्ट्रिय समितिका महासचिव मुकेश झा, एनआरएनए यूएईका महासचिव भुवन कुमार वाग्ले, नेपाल जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनाल, नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष मेघराज सापकोटा, कायकल्प टिभी/च्यानलका कृष्ण कुमार दुलाल, नेपाल विश्वकर्मा समाजका अध्यक्ष गगन बीके, कोच राजवंशी प्रवासी समाजका शोभा राजवंशी र सावित्री राजवंशी लगायतको उपस्थिति थियो।

महासचिव सुरेश यादव र सह-अध्यक्ष/प्रवक्ता शैलेन्द्र रायले उद्घाटन समारोहको संचालन गरेको सांस्कृतिक कार्यक्रमको संचालन भोला पासवान र मनोज परदेशीले गरे। कार्यक्रममा स्वागत मन्तव्य यूएईमा नर्सको रूपमा कार्यरत चर्चित टिकटक स्टार सुगम शर्माले राखेकी थिइन्।
समारोहमा सांस्कृतिक नाचगान, होली गीत, जोगिरा गायन र विभिन्न परिकारको व्यवस्था गरिएको थियो। नेपालबाट आएका चर्चित कलाकार रविराज साह र शोभा पासवानले आफ्नो प्रस्तुतिले दर्शकलाई मनोरञ्जित तुल्याए। स्थानीय कलाकार भोला पासवान, ईशा, अनाया, भिरु यादव, स्लोन्ली एन्जल र नेपाली बोइज ग्रुपले पनि आकर्षक प्रस्तुति दिए।

उद्घाटन सत्रमा अध्यक्ष उपेन्द्र यादव, तेज बहादुर क्षेत्री र डा. रबिन्द्र कुमार यादवले आफ्नो मन्तव्य राखे। डा. यादवले संयुक्त राष्ट्र संघको अल्पसंख्यक फोरममा आफ्नो सहभागिता, काठमाडौंमा मधेशका सबै दलबीच मधेशको विषयमा अन्तरक्रिया, समाजको जापान, युरोपियन युनियन र अमेरिका लगायतका देशहरूमा विस्तार, मधेशमा शिक्षाको स्तर उन्नति, मधेशबाट हुने श्रम आप्रवासनलाई कम जोखिमपूर्ण बनाउन र श्रमिकलाई सीपमूलक तालिम दिई विप्रेषणको गुणस्तर कायम गर्ने जस्ता कार्यमा मधेशी एकता समाजले सकारात्मक परिवर्तनको प्रयास गरिरहेको बताए।
श्रमिकहरूलाई विदेशमा समस्या पर्दा उद्धार गर्ने, मद्दत गर्ने, मधेशमा प्राकृतिक विपत्तिको बेला सहयोग गर्ने, मधेश आन्दोलनका शहीद परिवारलाई सहयोग गर्ने, मधेश मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत गर्ने जस्ता कार्यमा समेत संस्था क्रियाशील रहेको उनले जानकारी दिए।

समारोहमा यूएईमा भूउपग्रहको सफ्टवेयर डिजाइन गर्ने मुकेश झा, मिसाइल डिजाइनमा कार्यरत इन्जिनियर दीपक कुमार यादव, दुबईमा कारखाना स्थापना गर्ने पहिलो मधेशी विनेश यादव र अन्य मधेशी उद्यमीहरू गणेश पूर्वे र जीवछ साहलाई सम्मान गरिएको थियो।

नेपालमा होली मार्च १४ मा भए पनि रमजानको पवित्र महिना फेब्रुअरी २८ देखि मार्च ३० सम्म चल्ने भएकाले दुबईमा होली समारोह रमजान अगावै फेब्रुअरी २३ तारिखमा आयोजना गरिएको थियो।
Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]