बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सिरहामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन ११, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सिरहामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु
Rampam
3D Education Lahan

सिरहा -  सिरहामा सवारी दुर्घटनामा परी एकैदिन दुई जनाको ज्यान गएको छ । जिल्लाका विभिन्न दुई स्थानमा आइतबार भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार, मिर्चैया नगरपालिका-७ स्थित राजमार्गमा राकिराखेको प्र २–०१–००१ ख ००३६ नम्बरकोे ट्रकमा बिहान ६ बजे कटारीबाट मिर्चैयातर्फ आइरहेको प्र ३–०१–०२२ च ८७६४ नम्बरको पिकअप ठोक्किएको थियो ।

यस दुर्घटनामा पिकपका सहचालक सिन्धुलीको दुधौली नगरपालिका-१४ का २७ वर्षीय मिलन सुनारको ज्यान गएको प्रहरीले जनाएको छ । चालक दुधौली नगरपालिका १४ कै सागर सुनार भने गम्भीर घाइते छन् ।

सागरलाई स्थानीयस्तरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

यसैगरी, आइतबार बिहान ११ बजेको समयमा धनगढीमाई नगरपालिका-१० स्थित पूर्वपश्चिम राजमार्गमा कसहाबाट लहानतर्फ जाँदै गरेको प्र २-०१-००१ ख ०१२१ नम्बरको टिपरले पछाडिबाट प्रदेश २-०३-०१६ प ०८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मिर्चैया नगरपालिका-५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।

घटनास्थलमा गम्भीर घाइते भएका साहलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगेकोमा उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]