दोहा :- गुल्मीको मालिका गाउँपालिका घर भई कतारमा व्यवसाय गर्दै आएका युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको सडक दुर्घटनामा मृत्यु भएको छ ।
बुधबार राती करिब ८ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका उनको कतारको हमाद हस्पिटमा मृत्यु भएको हो । आचार्य गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार, तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष समेत रहेका थिए ।
सन २००७ मा कतार छिरेका आचार्यले कतारमा अहिले आफ्नै व्यवसाय गरिरहेका थिए । उनले परदेशमा उद्यम मात्रै गरेनन गाउँको सामाजिक विकासमा कैयन उदाहरणीय कामको नेतृत्व गरेका छन।




















