रामएकवाल राम
दोहा :- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र उपेन्द्र यादव दुबई पुगेका छन।
मधेशी श्रमिकहरुका समस्या बुझ्न र होली मनाउन यादव दुबई गएका हुन्। उनी शनिबार साँझ दुबई पुगेको जसपा नेपालका केन्द्रीय सदस्य मनिष यादवले जानकारी दिए।
केन्द्रिय सदस्य यादवले भने कतारको होली महोत्सव समाप्न सङ्गै अध्यक्ष यादव शनिबार बेलुकी ४ बजे दोहा स्थित हमद अन्तर्राष्ट्रिय विमानबाट दुबै जानू भयो ।शनिबार राती १० बजेदेखि मधेशी एकता समाजको आयोजनामा मधेशी समुदायको समस्या समाधानबारे अन्तर्क्रिया हुनेछ।
अन्तर्क्रियामा दुबईमा कार्यरत मधेशी श्रमिकको सहभागिता रहने उनले बताए। भोलि होली मिलन समारोहमा पनि यादव सहभागी हुनेछन्।

















