बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

मलेसियामा १ नेपालीको हत्या

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन ८, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
मलेसियामा १ नेपालीको हत्या
Rampam
3D Education Lahan

मलेसिया: मलेसियाको स्थानीय श्री गडिङस्थित नेपाली र बंगलादेशी कामदार बस्ने होस्टेलमा भएको झडपमा ३० वर्षीय १ नेपाली कामदारको हत्या भएको छ । मलेसियाको बाटु पहाट ओसीपीडीका सहायक कमान्डर शाहरुलानुर मुसद्दत अब्दुल्ला सानीले घटना ९ फेब्रुअरी राति भएको बताएका छन् । उनले स्थानीय कारखानाको कामदार बस्ने  छात्रावासमा घटना भएको र भडपमा बंगलादेशी कामदारले नेपाली कामदारको हत्या गरेको बताए ।

नेपालको ठेगाना नखुलेका मोची सतिन्दारलाई छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मलेसियाली प्रहरीले बताएको छ । कारखानामा काम गर्ने क्रममा भएको भनाभनले होस्टेलमा पुगेपछि थप चर्किएपछि दुवै देशका कामदार झगडामा उत्रिएका प्रहरी बताएको छ ।

मृतक मोची सतिन्दारलाई धेरै चोटपटक लागेको र उनलाई धारिलो हतियारले पेटमा प्रहार गरेको प्रहरीको भनाइ छ । सुल्तानाह नोरा इस्माइल अस्पतालका फोरेन्सिक प्याथोलोजी विशेषज्ञद्वारा गरिएको पोस्टमार्टमले पेटमा छुराको गहिरो चोट लागेको र त्यसका कारण मृत्यु भएको देखाएको मलेसियाको अनलाइन दि स्टारले उल्लेख गरेको छ ।

मलेसियाको प्रहरीले गुप्तचरको परिचालन गरी १ जना बंगलादेशी र ४ नेपालीलाई पक्राउ गरेको बताएको छ । सबै आरोपीहरू एउटै होस्टेलमा बस्ने मृतकका सहकर्मी भएका भन्दै प्रहरीले आरोपित पाँचै जनालाई अदालतको आदेशले अनुसन्धानका ७ दिन हिरासतमा राखिएको बताएको छ । 

मलेसिया दण्ड संहिताको धारा ३०२ अन्तर्गत मुद्दाको अनुसन्धान भइरहेको बताइएको छ । उक्त दफाअनुसार हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय र जरिमानासमेत  हुने छ ।
 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]