रामएकवाल राम

दोहा :- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री माननीय उपेन्द्र यादव कतार आईपुगेका छन।

कतारको हमद अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष यादवलाई स्वागत गर्नको निमित्त मधेश प्रदेश समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद नियाज शेख, नेपाली समाज कतारका अध्यक्ष मनिष यादव मधेसी एकता कतारका अध्यक्ष शिवकुमार महतो, सिराहा सेवा समाज कतारका जयप्रकाश यादव लगायत मधेशको बाक्लो उपस्थितीमा स्वागत गरेको हो।

मधेश प्रदेश समन्वय परिषद कतारले आयोजना गरेको चौथो स्थापना दिवस तथा होली महोत्सव कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष यादव कतार आएका हुन।

आगामी शुक्रबार होम सलाल अलीमा हुने मधेश प्रदेशबाट कतारमा रहेका करिब ३२ वटा विभिन्न संघ संस्थाको संयुक्त सहकार्यमा परिषद्ले आफ्नो स्थापना दिवसलाई रङ्गहरूको पर्व फागु पूर्णिमासँग जोड्दै एकसाथ मनाउन लागेको परिषद्का अध्यक्ष नियाज शेखले बताए ।