रामएकवाल राम / शियाराम यादव

दोहा , कतार :- क्यान्सर रोगबाट ग्रसित सिराहाको गोलबजार  नगरपालिका - ७ चन्द्रलालपुर चोहर्वाकी ११ वर्षीया किरण कुमारी यादवको उपचारका लागि कतारबाट थप सहयोग प्राप्त भएको छ ।

कतारमा रहेका सिराहाको साझा सामाजिक संस्था सिराहा सेवा समाज कतार र रामजानकी बचत समूह कतारले संयुक्त रुपमा रु २६ हजार  ५१ रुपैयाँ पिडित यादवलाई सहयोग गरेका हुन।

मङ्गलबार सिराहा जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतो,गोलबजार नगरपालिका -७ का स्थानीय जनप्रतिनिधि संस्थाका पुर्व अध्यक्ष उत्तिमलाल शाह पत्रकार ओम प्रकाश यादव , रहमु राईन स्थानीय समाजसेवी, तथा बुद्धिजीवीहरुको उपस्थितिमा पिडितकी आमा ममता यादव र बुवा चन्द्र किशोर यादवलाई उक्त सहयोग रकम हस्ताक्षर गरेको सिराहा सेवा समाजका अध्यक्ष जयप्रकाश यादवके जानकारी गराए।