काठमाडौ - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव कतार जाने भएका छन् । मधेश प्रदेश समन्वय परिषद् कतारले आफ्नो स्थापनाको अवसर पारेर आयोजना गरेको चौथो स्थापना दिवस तथा होली महोत्सव कार्यक्रमलाई सम्बोधन गर्न यादव कतार जान लागेको निजि सचिवालयले जनाएको छ।
कतारमा रहेका मधेशका करिब ३२ वटा विभिन्न संघ संस्थाको संयुक्त सहकार्यमा परिषद्ले आफ्नो स्थापना दिवसलाई रङ्गहरूको पर्व फागु पूर्णिमासँग जोड्दै एकसाथ मनाउन लागेको कार्यक्रम अगामी फेब्रुअरी २१ तारिक शुक्रबारका दिन कतारको होम सलाल अलिमा हुने आयोजके जनाएको छ।
अध्यक्ष यादवका निजि सचिवालयका सचिव महेश चौरसियाका अनुसार बुधबार दिउँसो एयर इन्डियाको उडान मार्फत दिल्ली हुँदै कतार प्रस्थान गर्ने साथै फाल्गुन १२ गते दुबै हुँदै स्वदेश फर्किने कार्यक्रम रहेको जनाएको छ।


















