खुरसेद हजाम
नवलपरासी - पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर ५ पूर्ण संस्थागत प्रसुति सेवा युक्त वडा घोषणा भएको छ प्रतापपुर गाउँपालिका वडा नं ५ वडा स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको आयोजनामा तथा प्रतापपुर गाउँपालिका स्थानीय प्रजनन स्वास्थ्य समन्वय समिति बेलाटारीको सहयोगमा पूर्ण संस्थागत प्रस्तुति सेवा युक्त वडा घोषणा कार्यक्रम आज सम्पन्न भएको छ।
प्रतापपुर गाउँपालिका प्रमुख उमेश चन्द्र यादवले प्रतापपुर गाउँपालिका लाइ जिरो होम डेलिभरी पालिका बनाउने अभियानमा लागेको र जस अन्तर्गत प्रतापपुर गाउँपालिका वडा नम्बर ५ पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा भएको भन्दै खुशी व्यक्त गरे । कुनै पनि अभियान घोषणा मात्र गरेर सफल नहुने बताउदै यादवले निरन्तर रुपमा निगरानी गरि घोषणा भएको कार्यक्रमको दिगोपन सुनिश्चित गरिने बताए। स्वास्थ्य क्षेत्रमा बाल मृत्युदर र मातृ मृत्युदर रोक्दै पूर्ण प्रस्तुति कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै उपप्रमुख मानकुमारी चौधरी प्रतापपुर लाई स्वास्थ्य क्षेत्रमा सबल बनाउनका लागि वडातहबाटै सेवा सुधार गरिरहेको बताउनुभयो ।
प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रमेश कानु बनियाले २०८२ साल बाट सुत्केरी महिलालाई जनही दुई हजार रुपियाँ पोषण भत्ताबापतको रकम वितरण गर्ने वडाध्यक्षले वताउनुभयो ।
त्यसैगरी प्रतापपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मन्तोष कुमार मुराउले प्रतिवेदन पेश गर्नुभएको थियो प्रतिवेदनमा २०८० कार्तिक देखि २०८१ मंसिरसम्म ८२ वटा सुत्केरी भएका सबै संस्थागत केही मित्र राष्ट्र भारतका स्वस्थ सहसंस्थाबाट सुत्केरी भएको गर्भवती ,जाँच प्रोटोकल अनुसार चार पटक गर्भजाँच जसमा ९०. २४ प्रतिशत भएको त्यसैगरी प्रोटोकल अनुसार तीनपटक सुत्केरी जाँच गराएकोमा महिलाको प्रतिशत ९३.५ प्रतिशत रहेको थियो मुराउले आगामी दिनहरूमा यसलाई निरन्तरता दिने बताउनु भयो।सोही अवसरमा घोषणाको लागी महत्वपूर्ण योगदान दिनु हुने बैदौलि स्वास्थ्य कार्यक्रममा स्वास्थ्य चौकीले संस्थामा कार्यरत २ जना नर्स कर्मचारी र ९ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाइ प्रमाणपत्र प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले सम्मान गरेका थिए।
कार्यक्रममा प्रतापपुर गाउँपालिका वडा नम्बर ६का वडा अध्यक्ष केसव प्रसाद अधिकारी, इन्द्रेणी समाजिक विकास मञ्चका कार्यकारी निर्देशक पुष्पराज, आचार्य वडा सदस्य वडा नम्बर ५ मुविन अन्सारी ,वडा सदस्य वडा नं ५ सुभावती देवी पासी, श्याम नारायण, प्रतापपुर गाउँपालिका सम्पूर्ण स्वास्थ्य चौकी प्रमुख स्वास्थ्य चौकी प्रमुख बदौली स्वास्थ्यकी इन्चार्ज बिनोद कोहारले स्वागत मन्तव्य राख्नु भयो र वडा सचिव राहुल कुमार यादव कार्यक्रम सञ्चालन गर्नु भयो ।

















