रामएकवाल राम

दोहा :- नेपाली जनप्रगतीशील मञ्च कतारले ३० औ जनयुद्ध दिवस मनाएको छ।

तत्कालीन नेकपा माओवादीले २०५२ फाल्गुन ०१ गतेका दिन शसत्र युद्ध शुरु गरेको दिनलाई स्मरण गर्दै कतारमा विविध सास्कृतिक कार्यक्रम गरि जनयुद्ध दिवस मनाएको हो।

शुक्रबार कतारको सनैयामा अवस्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा मञ्चका अध्यक्ष राज देवकोटाको सभापतित्वमा तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया समन्वय प्रदेशका सह इन्चार्ज डिवी क्षेत्रीको प्रमुख आतिथ्यतामा शुभकामना अदान प्रदान सहित जनयुद्ध दिवस मनाएको हो।

FB_IMG_1739631949296

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्षेत्रीले नेपाल र  नेपालीहरुको आमूल परिवर्तन ल्याउनको निमित्त ससस्त्र युद्ध गरेको आजको दिन लाई स्मरण गर्दै माओवादी आन्दोलनमा होमिएका सम्पुर्ण योद्धाहरुलाइ शुभकामना दिदै सो आन्दोलनका क्रममा विरगती प्राप्त गर्ने सम्पुर्ण सहिदहरुप्रती श्रद्धाञ्जली अर्पण गरेका थिए।

नेपालको राष्ट्रिय गान बजाएर सुरुवात गरेको कार्यक्रममा विभिन्न काल खण्डमा सहादत प्राप्त गर्ने सहिदहरुपर्ती १ मिनेट मौन धारण गरि श्रदान्जली अर्पण गरि प्रमुख अतिथि क्षेत्रीले दियो बाली ब्यानर अनावरण गरि उद्घाटन गरेका थिए।

मञ्चका उपाध्यक्ष सरिता भण्डारीले स्वागत मन्तव्यद्वारा स्वागत गरेका कार्यक्रममा दोहामा स्थापित विभिन्न संघ संस्थाका प्रमुख एव प्रतिनिधि ,समाजसेवी , बुद्धिजीवी  पत्रकार , कालाकार लगायत जनयुद्धको शुरुआत देखि माओवादी सङ्ग आस्था राख्ने विभिन्न आन्दोलनमा होमिएका नेता तथा कार्यकर्तहरुको बाक्लो उपस्थिति रहेको थियो।

मञ्चका महासचिव योगेन्द्र तामाङले सहजीकरण गरेको थियो।

FB_IMG_1739631941510