बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सिरहामा दलित युवतीमाथि बलात्कार, पञ्चायती फैसला विवादपछि शंकास्पद मृत्यु

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन ३, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सिरहामा दलित युवतीमाथि बलात्कार, पञ्चायती फैसला विवादपछि शंकास्पद मृत्यु
Rampam
3D Education Lahan

महेश सिंह

लहान – सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरमा माघ २७ गते राति एक दलित समुदायकी युवतीमाथि बलात्कार भएको छ। तर, कानुनी प्रक्रिया अघि बढाउने साटो गाउँमै पञ्चायती मिलापत्र गराउने प्रयास भएको स्थानीयवासीले बताएका छन्।

पञ्चायती निर्णयअनुसार दोषीलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिर्ने फैसला गरिएको थियो। तर, जरिवाना रकम बाँडफाँटका विषयमा पञ्चहरूबीच विवाद भएपछि गाउँमै झगडा भएको थियो।
हिजो साँझ घरका अन्य सदस्यहरू बाहिर रहेका बेला युवती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी छन्। परिवारका सदस्यहरू फर्किंदा घरको ढोका बाहिरबाट चुकुल लागेको थियो। युवतीले आत्महत्या गरेको दाबी गरिए पनि घटनालाई नियोजित हत्या हुनसक्ने आशंका गरिएको छ।युवतीको शव लहान अस्पतालमा राखिएको छ भने भोलि पोस्टमार्टमका लागि अन्यत्र पठाउने तयारी भइरहेको छ।

पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। स्थानीयवासीहरूका अनुसार, घटना बाहिर आउन नदिन दबाब दिने प्रयास भइसकेको छ।
यस्तो गम्भीर घटनामा प्रशासन र स्थानीय सरकार किन मौन छन्? कानुनी प्रक्रिया अघि बढाउनुको सट्टा गाउँमै पञ्चायती मिलापत्र गराउने प्रवृत्तिले न्याय अन्योलमा पर्ने मानव अधिकारकर्मीहरूको चिन्ता छ।

पीडित परिवार र स्थानीय अधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। घटनालाई गम्भीर रूपमा नलिए स्थानीयस्तरबाट आन्दोलन चर्काइने चेतावनी समेत दिइएको छ। सरकार र प्रशासनले न्याय सुनिश्चित नगर्ने हो भने यस्ता घटनाहरू पुनः दोहोरिने स्थानीय बासिन्दाहरूको भनाइ छ।
Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]