बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

गौतम माध्यमिक विद्यालयको ४४ औँ वार्षिक उत्सव सप्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन ३, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
गौतम माध्यमिक विद्यालयको ४४ औँ वार्षिक उत्सव सप्पन्न
Rampam
3D Education Lahan

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले शिक्षालाई प्रविधिसँगै जोडेर सिकाई गर्ने भएको छ। बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भूलाल श्रेष्ठले शिक्षामा प्रविधिको उपयोग अनिवार्य भएको भन्दै शिक्षकहरूलाई प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो ।

शान्ति निकुञ्ज, रेवती गौमाता गौतम माध्यमिक विद्यालयको ४४ औँ वार्षिक उत्सव तथा अभिभावक भेलामा प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले शिक्षकहरूको प्रविधिसँगको पहुँच बढाउन बर्दघाट नगरपालिकाले विभिन्न कार्यक्रम अघि सारेको जानकारी दिनुभयो। नगरले यसअघि माध्यमिक तहका शिक्षकहरूलाई ल्याप्टप वितरण गरिसकेको उल्लेख गर्दै श्रेष्ठले अब प्राथमिक तथा निम्न माध्यमिक तहका शिक्षकहरूलाई पनि ल्याप्टप प्रदान गरिने बताउनुभयो।

विगतका वर्षहरूमा भन्दा यस वर्ष शिक्षामा बजेट बढाएको वर्दघाट नगरपालिकाले शिक्षालाई प्राथमिकता साथ राखेको सामाजिक विकास समितिका संयोजक भीमकाजी गुरुङले बताउनुभयो । नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा मात्रै नभई शिक्षाको गुणस्तर सुधार गर्न पनि ध्यान दिइरहेको उल्लेख गर्दै गुरुङले " विगतका वर्षहरूमा भन्दा शिक्षकको विदा कम छ, पढ्ने पढाउने कार्य निरन्तर चलिरहेको छ त्यसैले यस वर्षको नतिजा राम्रो आउने अपेक्षा गरेका छौँ।"

विद्यालयका प्रधानाध्यापक विनोद खनालले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयले भौतिकका साथसाथै शैक्षिक गुणस्तरमा समेत प्रगति गरेको उल्लेख गर्नुभयो। कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, विभिन्न जातजातिका सांस्कृतिक पहिरनमा नृत्य प्रस्तुत गरेका छन् । विद्यार्थीकै सक्रियतामा तयार पारेकाे विभिन्न खानाका परिकारहरू विद्यार्थीहरूले नगर प्रमुखलगायत अतिथिहरूलाई खुवाइएको थियो।

कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल शिक्षा शाखा प्रमुख लोकराज पन्थी लगायतले बोल्नुभएको थियो। अवसरमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा नगरपालिकाका जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा पूर्व शिक्षकहरूलाई सम्मान समेत गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक थापाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन शिक्षक शिव शर्माले गर्नुभएको थियो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]