राधेश्याम राम/बालासुन्दरी खबर

सप्तरी - नेपाल राम समाज नगर कार्य समिति खडक नपाकाे आयाेजनामा पुर्वज सन्त शिराेमणी रविदास वावाकाे ६४८ जन्म उत्सव कल्याणपुर रजैया धाँतिमा सम्पन्न भएकाे छ ।

नगर अध्यक्ष बहुरी रामकाे अध्यक्षता एवम् केन्द्रीय अध्यक्ष प्रथमलाल रामकाे प्रमुख अतिथ्यमा भएकाे कार्यक्रममा विशिष्ट अतिथिहरु राजेश विद्राेही, माहासचिव रधेश्याम राम, संगठन विभाग प्रमुख रुन्दिलाल राम, मुसहर समाजका अगुवा गंगा सदा, राम समाजका संस्थापक नेता विक्रम राम, जिल्लाभरीका अध्यक्ष लगायतका पदाधिकारी हरुरहेकाे थियाे । उत्सवकाे अवसरमा सप्तरीका खडक नगरपालिकाले एक दिन सार्वजनिक विदा समेत दिएका थिए । कार्यक्रममा करिव ५ सय भन्दा वढीकाे उपस्थिति रहेकाे थियाे ।

ac513e43-d074-448b-8e35-af7256183761

भने सदस्य चन्द्र नारायण रामले कार्यक्रम संचालन गर्नु भएकाे थियाे । यसै विच सप्तरी जिल्लाकाे १८ बटै स्थानिय तहमा अलग अलग जन्म जयन्ति मनाएकाे सचिव प्रमाेद रामले जानकारी गराउनु भएकाे छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रथम लाल रामले सर्लाही जिल्लामा भएकाे अन्तरजातीय विवाहमा गृहमन्त्रीको हस्तक्षेपको घाेर भर्त्सना गर्दै सिरहाकाे वस्तिपुर मा वि मा भएकाे पुजाकाे क्रममा गरेकाे छुवाछूतको घटना लाई कानुन बमाेजिम न्यायका लागी माँग गर्नु भएकाे छ ।

यसै विच नेता विद्राेहीले अब अगामि दिनमा संगठित भएर अन्यायकाे विरुद्धमा आवाज उठाउन आव्हान गर्नु भएकाे छ।कार्यक्रममा वाेल्दै माहासचिव राधेश्याम रामले देश भरीका राम समुदाय प्रत्येकजिल्ला वाट जातिय छुवाछूतको विरूद्धमा आन्दोलनमा उत्रिनु पर्ने तत्कालीन आवश्यकता रहेकाे वताउनु भयाे । आज बुधबार साझ जिल्ला भरी रामसमुदायले आ आफ्ना घर आंगनमा दिप प्रज्वलन गरि समेत उत्सव मनाएका हुन ।

2beebbdd-b577-4b7a-92e0-3e959efcf677