बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ २९, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा
Rampam
3D Education Lahan

अजय मिश्र, कपिलवस्तु, 

कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ । माघ १२ गतेदेखि सुरु भएको केपीएल प्रिमियर कप आज विधिवत रूपमा समापन भएको छ ।

युवा अमन सामाजिक विकास केन्द्र, अर्स चेरीटेबल फाउन्डेसन र नेपाल समाजिक मञ्चको आयोजना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका विभिन्न वडा र शिवराज नगरपालिकाका विभिन्न वडाहरूको सहआयोजना रहेको थियो ।

समापन समारोहमा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानुन मन्त्री आदेश अग्रवालले केपीएल प्रिमियर कप आयोजकलाई धन्यवाद दिँदै प्रदेश सरकारबाट विशेष सहयोग गर्ने आश्वासन दिनुभयो ।

मन्त्री अग्रवालले कपिलवस्तुका खेलाडीहरूलाई प्रदेश सरकारबाट विशेष सहयोग गर्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा खेलकुद मैदान निर्माण, खेलाडीहरूको प्रोत्साहन गर्नका लागि विशेष बजेट छुट्याउने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री अर्जुनकुमार केसीले खेलाडीहरूको आत्मबल बढाउनका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

यस क्षेत्रमा ऐतिहासिक रूपमा केपीएल प्रिमियर कप भएको भन्दै सांसद केसीले आयोजकलाई धन्यवाद दिनुभयो ।

पूर्वमन्त्री ईश्वर दयाल मिश्रले कपिलवस्तुको पछाडि परेको क्षेत्रमा यस्ता खेल आयोजना गरिनु आफैमा महत्वपूर्ण भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । आउने दिनमा पनि यस्ता रचनात्मक क्रियाकलाप तर्फ युवाहरू लाग्नुपर्ने पूर्वमन्त्री मिश्राको भनाई रहेको थियो ।

आजको समापन खेलमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगंज र शिवराज नगरपालिकाको मोतिनगर बीच प्रतिस्पर्धा भएको थियो ।

क्रिकेट खेलमा मोतीनगरले बहादुरगंजलाई हराउँदै च्याम्पियनसिपको उपाधि हात पारेको खेल संयोजक रहित शाहले बताउनुभयो ।

मोतीनगरले १ सय ३१ रनको टार्गेट दिएको थियो । बहादुरगंज ५६ रनमा मात्रै अलाउट हुदा केपीएल प्रिमियर कपको च्याम्पियन सिप मोतीनगर भएको थियो । मोतीनगरले १ लाख १ हजार नगद पुरस्कार जितेको छ ।

उपविजेता कृष्णनगरको बहादुरगंजले रु ५१ हजार जितेको इन्डो नेपाल समाजिक मञ्चका अध्यक्ष अकरम पठानले बताउनुभयो ।

माघ १२ गतेबाट सुरु भएको प्रतियोगितामा कपिलवस्तुका २५ भन्दा बढी समूहले सहभागिता जनाएको आयोजक मिर्जा रासिद बेगले बताउनुभयो ।

म्यान अफ द सिरिज लुम्बिनी प्रदेश प्रहरीको क्रिकेट खेलाडी युवराज सेनले जितेका थिए। 

कार्यक्रमका आयोजक मिर्जा राशिद, अकरम पठान, रहिश शाह लगायतले आहोरात्र खटि कपिलवस्तु प्रिमियर लिग प्रिमियर कप लाई जिल्लामा नै ऐतिहासिक बनाउन सफल भएका हुन्।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]