धनुषा - धनुषाको कमला नगरपालिका २ माची झिटकैया माध्यमिक विद्यालयमै प्रधानाध्यापक र शिक्षकबीच कुटाकुट भएको छ ।

प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच कुटाकुट भएको हो । रोहित राहत शिक्षक हुन् । उनले प्रधानाध्यापकसँग पेश्की रकम मागेका थिए । सो विषयमा विवाद चर्केपछि उनीहरुबीच कुटाकुट भएको छ ।

शिक्षक रोहितले पेश्की रकम मागे जति दिनुपर्ने भनेपछि प्रधानाध्यापकले उनलाई बाहिर निकाल्न खोज्दा कुटाकुट भएको एक विद्यार्थीले सुनाए । उनका अनुसार विद्यालयमा होहल्ला भएपछि पठनपाठन समेत प्रभावित भएको छ ।