सिराहा - सिराहाको कर्जनहा नगरपालिका -४ मा जनतासङ्ग जसपा नेपाल अधाराभुत सङ्गठन निर्माण अभियान सप्पन्न भएको छ।

जनता समाजवादी पार्टी नेपालद्धारा जारी जनतासंग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत कर्जन्हा नगरपालिका - ४ बडहरा भुल्केमा सन्तोष साहको अध्यक्षतामा १३ सदस्य वडा समिती गठन भएको हो।

जसापा नेपाल अधारभुत सङ्गठन निर्माण अभियान अन्तर्गत कर्जनहा नगरपालिका -६ बरहरा मिर्चैयामा श्रीमती रेनु देवी यादवको अध्यक्षतामा १७ सदस्य सहितको समाजवादी महिला संघ नेपाल वाडा समिति गठन भएको कर्जनहा नगरपालिकाकि उप मेयर लक्ष्मी श्रेष्ठले बताए।

476848855_9148037925316579_7018298243394363955_n


जसपा नेपालका केन्द्रीय सदस्य चन्देश्वर पासमानको प्रमुख वक्ता रहेको थियो भने कर्जन्हा नगरपालिकाका पार्टी नगर अध्यक्ष  केसव प्रसाद साह, समाजवादी महिला संघ नेपाल मधेश प्रदेश सचिव तथा कर्जन्हा नगरपालीकी उपमेयर लक्ष्मी श्रेष्ठ, प्रेस मञ्च नेपाल मधेश प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव, नगर उपाध्यक्ष चन्दन यादव , बिश्वनाथ यादव, धिरज लामा, महिला जिल्ला सदस्य निर्मला साह  लगायत स्थानीय नेता कार्यकर्ताहरुको उल्लेखय सहभागि रहेको थियो ।

150d7253-cb82-410b-91d5-81f62cb1186c