लहान - पत्रकार शितल शाह माथी भएको दुर्ववहार प्रती नेपाल पत्रकार महासंघ सिराहाको ध्यानाकर्षण भएको छ।
लहान नगरपालिका -१४ स्थित बस्तिपुर माध्यमिक विद्यालयमा माघ २३ गते दिवा खाजा सम्बन्धि रिपोर्टिङ गर्न गएका लहान टुडे राष्ट्रिय दैनिकका सम्पादक तथा पत्रकार शितल शाह माथी त्यही विद्यालयका प्रधानाध्यापक देवेन्द्र यादवले दुर्ववहार गरेको थियो।
विद्यालयमा विद्यार्थीहरुलाई चार दिनको पुरानो बासी बुनिया खुवाएको गुनासो आएपछि सो विषयमा रिपोर्टिङ गर्न गएका पत्रकार शाहलाई प्रधानाध्यापक यादवले दुर्ववहार गरेका हुन।
पत्रकार माथी यस्तो दुर्ववहार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको ढाडो उल्लंघन गरेको यस्ता कार्य प्रति महासंघले घोर भत्सर्ना गर्दछ।साथै पत्रकार महासंघ सिराहाले दोषीलाई तत्काल आवश्यक कारबाही गर्न सम्बन्धि निकास सङ्ग आग्रह गरेको छ।


















