सन्तोष केसी

दोहा : लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजना "आन्तरिक"  बनभोज कार्यक्रम सम्पन्न गरिएको छ ।  

संस्थाका अध्यक्ष सजन लौडारिको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका संरक्षक कमलमणी  गुराँगाई रहेका थिए । 

IMG-20250207-WA0272

कार्यक्रममा प्रमुख संरक्षक क्रान्ती सिंह, संरक्षक द्वय केबी हमाल, इ अर्जुन भट्टराई, प्रमुख सल्लाहकार बुद्ध पान्डे,एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा संस्थाका सल्लाहकार कृष्ण पन्थी, लगायत संस्थाका अन्य सल्लाहकार हरु, लुम्बिनी प्रदेश अन्तरगत पर्ने जिल्लागत संस्थाका अध्यक्षहरु, विभिन्न सामाजिक तथा ब्यक्तित्वहरु लगायत परिषद सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । 

IMG-20250207-WA0275

"औपचारिक रुपमा उट्घाटन गरिएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक झबिन्द्र आचार्यले स्वागत मन्तव्य राखे । कलाकार शान्ति ओलिले स्वागत नृत्य पस्किन।

मन्तव्यको क्रममा उपस्थिति अतिथि हरुले लुम्बिनी प्रदेश समन्वय परिषद कतारले आर्थिक,नैतिक,भौतिक, सैक्षीक लगायत थुप्रै कार्यहरु गर्न सफल रहेको जानकारी गराए ।  जिल्ला बासी बिच एकता भाइचारको सम्बन्ध मजबुत बनाउदै यहाँ रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द पार्नुपर्नेमा जोड दिए । 

IMG-20250207-WA0273

कलाकार शान्ति ओली,निल सर्मा, दामोदर शर्मा,बिजय भट्टराई, सुमन गिरि, भगवती बस्याल,नारायण देवकोटा, बलदेब राना लगायतले साङ्गितिक प्रस्तुती पस्किए । उपस्थिति करिव २०० जना दर्शकले भरपुर्ण मनोरञ्जन लिए ।

प्रमुख अतिथि गुराँगाईले लुम्बिनी प्रदेश कतारले गरेका गतिविधि एकदमै उत्कृष्ट रहेको बताए । दोहाको नेपाली समाजमा अरु प्रदेशले भन्दा लुम्बिनी कार्यसम्पादनमा एक अगाडि रहेको खुशी प्रकट गर्दै संस्थाको उन्नति प्रगतिको कामना गर्दै शुभकामना प्रकट गरे । 

सम्पुर्ण सल्लाहकार हरु, परिषद सदस्यहरु लगायत उपस्थिति सम्पुर्णमा आभार प्रकट गर्दै कार्यक्रम सफल तुल्याउन विभिन्न माध्यमबाट सहयोग गर्ने सम्पुर्ण प्रति आभार प्रकट कार्यक्रमका सभापति तथा अध्यक्ष सजन लौडारिले औपचारिक कार्यक्रमको समापन गरेका थिए । 

कार्यक्रमको सहजीकरण महासचिव देवराज पुन ले गरेका थिए । हामी प्रदेसीको चाहाना, समृद्ध प्रदेश हाम्रो कामना” भन्ने मूल नाराका साथ् सन : २०१८ मा लुम्बिनी प्रदेश बासीहरुको साझा संस्थाको रुपमा कतारमा स्थापित लुम्बिनी प्रदेश कतारमा हाल सम्म २०६ जना परिषद सदस्यहरु रहेका छ्न ।