रामएकवाल राम

दोहा कतार:- थारु कल्याणकारी सभा कतार च्यापटरद्वारा भेटघाट तथा परिचयात्मक कार्यक्रम सप्पन्न गरेको छ।


कतार भ्रमणमा रहनु भएका सिरहाको लहान नगरपालिकाका मेयर महेश चौधरीलाई विहिबार बेलुकी सनैया स्थित रेडचिल्ली रेस्टुरेन्टको सभाहलमा भेटघाट , परिच्यात्मक सङ्गै सम्मान गरेको हो।संस्थाका उपाध्यक्ष एव कार्यवाहक अध्यक्ष घनश्याम चौधरीको सभापतित्वमा सप्पन्न कार्यक्रममा लहान नगरपालिकाको मेयर महेश चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।

IMG_20250207_104937


कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर चौधरीले श्रमिकहरूको स्वास्थ्य सेवामा राम्रो ,सुलभ एव कम खर्चमा उपचार हुने गरी श्रमिक अस्पताल खोल्ने घोषणा गर्नुभयो।मेयर चौधरीले नगरवासी श्रमिकहरूलाई ५० प्रतिशत स्वास्थ्य सेवामा समेत छुट दिइनेछ, जसले श्रमिकहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्नेछ।

IMG_20250207_113014


त्यसैगरी, बिदेशबाट नगर फर्किएर कृषि व्यवसायमा संलग्न हुन चाहने श्रमिकहरूलाई ५ बिघा सरकारी जमिन लिजमा उपलब्ध गराइने घोषणा पनि गर्नुभयो। उहाँका अनुसार, कृषि र आधुनिक प्रविधिको सहकार्यले नगर तथा देशको आर्थिक समृद्धिमा ठूलो योगदान पुर्‍याउनेछ। "हाम्रो नगर र देशको आर्थिक मजबूतीका लागि कृषिलाई प्राथमिकता दिनु आवश्यक छ," मेयर चौधरीले भन्नुभयो।


नहरसँग सम्न्धित र प्रविधिक र जानिफकारहरुसँग समन्वय  र सहकार्य गरि सबैको भलो हुने कार्यमा हातोमालो गरी अगाडी बढ्न समेत आग्रह गरेका छन् । नहरलाई मुद्धा बनाई राजनिति नगर्न पनि मेयर चौधरीले कतारबाट आग्रह गरेको छन ।


विधिवत रुपमा सुरु गरिएको कार्यक्रममा संस्थाका सदस्य शर्मिला चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार श्यामलाल चौधरीले थारु कल्याणकारी सभा कतार च्यापटरको गतिविधिको बारेम  प्रकाश पारेको थियो। सल्लाहकार सत्यनारायण चौधरीले सगरमाथा चौधरी अँखा अस्पताल लहानको अधिकान्स ठाउँमा हिन्दी भाषामा लेखेको गुनासो गरेका छन । हिन्दी भाषाको ठाउँमा थारु, वा मैथिली भाषामा लेख्न आग्रह समेत गरेको हो।


थारु कल्याणकारी सभा च्यापटर कतारका महामन्त्री रमानन्द चौधरीले सहजीकरण गरेको कार्यक्रममा विशेष सल्लाहकार अरबिन्द चौधरी ,संरक्षक  शियाराम चौधरी,संस्कृतिक संरक्षक अरुन कुमार चौधरी ,महिका विभाग प्रमुख पार्वती चौधरी , लगायत विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको कार्यवाहक अध्यक्ष घनश्याम चौधरीले जानकारी दिए।