काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश सुझाव कार्यदलले दिएको प्रतिवेदन अध्ययनकै क्रममा रहेको यादवका स्वकीय सचिव महेश चौरसियाले बताएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएका अध्यादेशका लागि अध्ययन गर्न जसपा नेपालले कार्यदल बनाएको थियो ।कार्यदलले बिहीबार यादवलाई राय सुझाव सहितको प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन सांसदहरुलाई अध्ययनका लागि वितरण गरिएको चौरसियाले जानकारी गराए ।

‘प्रतिनिधिसभा र राष्ट्रिय सभामा अध्यादेशलाई पेश नगरी कार्यसूचीबाटै हटाएको अवस्थामा जसपा नेपालले अध्यादेशबारे कुनै औपचारिक निर्णय आजै नलिई उक्त प्रतिवेदन उपर थप अध्ययन र छलफल गरी संसदीय दलको अर्को बैठकमा देश र राष्ट्र हित हुने गरी ठोस निर्णय लिने जानकारी गराउन चाहन्छौं,’ चौरसियाले भने ।

अध्यादेशको सम्बन्धमा जसपा नेपाललाई जोडेर विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरुमा तथ्यहीन समाचार आएको पार्टीले जनाएको छ

b5cae53c-5385-4265-982a-4cc43f505c02