चितवन । चितवन जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग धरौटी मागेको छ । अदालतका न्यायाधीश दयाराम ढकालले ५४ लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएका हुन् ।
चितवनले मागेको धरौटी रकम यसअघिका तीन जिल्ला अदालतले मागेको भन्दा न्यून हो । यद्यपि, यो निर्णयमा रवि र उनको पार्टी सन्तुष्ट छैनन् ।
रविका वकिलहरुले साधारण तारेखमा छोड्न माग गरेका थिए । चितवन अदालतले पनि अघिल्ला अदालतहरुकै भाका दोहोर्याउँदै अहिले नै निर्दोष भन्न नमिल्ने बताएको छ ।




















