बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

प्रधानाध्यापक देबेन्द्र यादवले गरे पत्रकार सितल साह माथि दुर्व्यवहार

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ २४, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
प्रधानाध्यापक देबेन्द्र यादवले गरे पत्रकार सितल  साह माथि दुर्व्यवहार
Rampam
3D Education Lahan

लहान-१४ स्थित बस्तिपुर माध्यमिक विद्यालयमा दिवा खाजा सम्बन्धी रिपोर्टिङ गर्न गएका लहान टुडे राष्ट्रिय दैनिकका सम्पादक पत्रकार सितल कुमार साहमाथि विद्यालयका प्रधानाध्यापक देबेन्द्र यादवले दुर्व्यवहार गरेका छन्।

सूचना अनुसार, विद्यालयमा विद्यार्थीहरूलाई एक हप्ता पुरानो बासी बुनिया खुवाइएको गुनासो आएपछि पत्रकार साह सो विषयमा रिपोर्टिङ गर्न विद्यालय पुगेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई जानकारी गराई विद्यालय पुगेका पत्रकारलाई प्रधानाध्यापक यादवले दुर्व्यवहार गरेको बताइएको छ।

एक समय शिक्षाको लागि चर्चित मानिएको बस्तिपुर मावि हाल आएर शैक्षिक गुणस्तरमा निकै खस्किएको छ। शिक्षक समयमा उपस्थित नहुने, पढाइको स्तर कमजोर हुँदै गएको, विद्यालय प्रशासन मनोमानी ढंगले सञ्चालन भइरहेको भन्दै स्थानिय तहबाट चौतर्फी आलोचना भइरहेको छ।

माघ २० गते नै सरस्वती पूजाका लागि बनाइएको बुनिया माघ २४ गते विद्यार्थीहरूलाई दिवा खाजाका रूपमा खुवाइएको थियो। सो घटनाको रिपोर्टिङ गर्न खोज्दा प्रधानाध्यापक यादवले पत्रकार साहलाई दुर्व्यवहार गरेका हुन्।

सञ्चार जगतमा आक्रमण सह्य नहुने भन्दै पत्रकार महासंघ, स्थानीयबासी तथा अभिभावकहरूले प्रधानाध्यापक यादवमाथि कडा कारबाहीको माग गरेका छन्। सम्बन्धित निकायले छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग गर्दै सरोकारवाला पक्षलाई गम्भीर ध्यानाकर्षण गराएका छन्।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]