काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास विस्फोट हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।प्रहरीका अनुसार सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको हो ।
११ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार घाइतेहरुलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

















