काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशबारे कुनै औपचारिक निर्णय नगरेको स्पष्ट पारेको छ। पार्टीका अनुसार, अध्यादेश अध्ययन कार्यदलले भोलि बिहान ९ बजे प्रतिवेदन बुझाउनेछ, जसपछि ११ बजे बस्ने संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ।

यसैबीच, ‘आलोचनात्मक समर्थनसहित जसपा नेपाल अध्यादेशको पक्षमा उभिने’ भन्ने भ्रामक समाचार मिडिया र सामाजिक सञ्जालमा फैलिएको भन्दै जसपा नेपालले त्यसको खण्डन गरेको छ। पार्टीले यस्ता भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सत्यतथ्यबिना समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।