बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाज

गृहमन्त्रीको राजीनामा माग्दै दलित अधिकारीकर्मीद्वारा माइतीघरमा प्रदर्शन

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ २३, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
गृहमन्त्रीको राजीनामा माग्दै दलित अधिकारीकर्मीद्वारा माइतीघरमा प्रदर्शन
Rampam
3D Education Lahan

काठमाडौं ।जातीय विभेदमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अत्याचार गरेको विरोधमा दलित अधिकारकर्मीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको विरोधमा पत्रकार सम्मेलन गर्दै  गृहमन्त्री रमेश लेखकको राजीनामासमेत मागेका छन्। 

अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले तीनपटकसम्म पक्राउ गरेर थुनामा राखी यातना दिएको विषयमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलगायतले दोषीमाथि कारबाही र पीडित युवकलाई न्यायका लागि माग गरेका छन् । सर्लाहीकै नेहा रौनियारसँग विवाह गरेका सत्येन्द्रलाई प्रहरीले मुम्बईसम्म पुगेर पक्राउ गरेको थियो । विवाह दर्ता गरिसकेपछि पनि उनीविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको छ । अन्तरजातीय विवाह छुटाउनकै लागि यसरी प्रहरीले दमन गर्दै आएको पीडितले बताएका छन् । गृहमन्त्रीकै निर्देशनमा यसरी अन्तरजातीय विवाह गर्ने किशोर–किशोरीलाई पटक–पटक पक्राउ गरिएको उजुरीका आधारमा राष्ट्रिय मानव अधिकार आयोगले समेत छानबिन गरिरहेको छ ।

गृहमन्त्री रमेश लेखकले भने सो घटनाको विषयमा आफूलाई सामान्य जानकारीसमेत नभएको दाबी गरेका छन्। उता प्रहरी प्रधान कार्यालयले पनि बुधबार प्रेस विज्ञप्ति जारी गरी बालविवाहको मुद्दा दर्ता भएको आधारमा रामलाई पक्राउ गरिएको र जातीय विभेदको मुद्दामा कारबाहीका लागि कटिबद्ध रहेको प्रस्टीकरण  दिएको छ। 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]