रामएकवाल राम

दोहा , कतार - लहान नगरपालिका मेयर महेश चौधरीले लहानमा श्रमिक अस्पताल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन।

मधेश प्रदेश समन्वय परिषद कतारले सोमबार फुलबारी रेस्टुरेन्टको सभाहलमा आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा मेयर चौधरीले श्रमिकहरूको स्वास्थ्य सेवामा राम्रो ,सुलभ एव कम खर्चमा उपचार हुने गरी श्रमिक अस्पताल खोल्ने घोषणा गर्नुभयो।

कतार भ्रमणमा रहनु भएका मेयर चौधरीले लहानमा भाईरहेको किसान आन्दोलनको बारेमा बोल्दै म किसान विरोधी होइन, म पनि किसानको खेत खेतमा पानी पुगोस भन्ने चाहन्छु तर वर्षौदेखि पानी निकासा नभएको नहरलाई सिचाइको रुपमा पानी र बजारलाई सौन्दर्यकरण गर्नलाई पनि मेरो सोच रहेको बताएको छ।

नहरको फोहोरले गर्दा लामखुट्टे हैरान पारेको आम बजार बासीको गुनासो छ । त्यसैले बजार तिर आउने नहरलाई हुम पाईप मार्फत सिचाइ व्यवस्थापन गर्ने र बजार सौन्दर्यकरण गर्ने पनि मेरो सोच रहेको छ । खुल्ला नहरको लागि जे एस क्याम्पस तिर जाने नहरलाई व्यावस्थान गर्न आवस्यक रहेको बताए । त्यसबाट बजार पश्चिमका सम्पूर्ण किसानहरुको खेत खेतमा पानि पुग्न सकिन्छ भन्ने मेरो विश्वास छ ।

विधिवत रूपमा सुरु गरिएको कार्यक्रममा दोहामा स्थपित विभिन्न संघ संस्थाका प्रमुख एव प्रतिनिधिहरुले सम्मान पत्रले सम्मान गरेको थियो। आयोजक संस्थाको अध्यक्ष मोहम्मद नियाज शेखको सभापतित्वमा सम्पन्न कार्यक्रम मधेश प्रदेशका अधिकान्स संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

fdb56e7a-ce6a-415a-abbb-3acd095ea3d5

f4822c74-9722-4ede-8a4b-d8ab2cada256