बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जसपा नेपालको केन्द्रिय कार्यकारिणी बैठक सम्पन्न के के भए निर्णय

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ २१, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जसपा नेपालको केन्द्रिय कार्यकारिणी बैठक सम्पन्न  के के भए निर्णय
Rampam
3D Education Lahan

काठमाडौं २१, माघ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ । तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक सोमबार साँझ सकिएको छ ।

पूर्वी नेपालमा अहिले भइरहेको ‘नो केबलकार आन्दोलन’ माथिको सरकारी दमन तत्काल बन्द गरी वार्तामार्फत् समाधान खोज्न आग्रह गर्दै जसपा नेपालले घाइतेको उपचार र गिरफ्तार गरिएका आन्दोलनकारीलाई अबिलम्ब रिहाई गर्न सरकारसँग माग गरेको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ ।

किराँत–लिम्बुवानका सांस्कृतिक एवं धार्मिक आस्थाको केन्द्र पाथिभारा (मुकुम्लुङ्ग) को प्राकृतिक संरचनालाई यथावत राख्न भइरहेको आन्दोलनमाथिको सरकारी दमन लोकतान्त्रिक मुल्य मान्यताको विरुद्ध रहेको ठहर गर्दै बैठकले यसप्रकारका अलोकतान्त्रिक सरकारी कदमको निन्दा गरेको छ । धार्मिक साँस्कृतिक आस्था र पहिचानका लागि अहिंसात्मक तथा शान्तिपूर्ण संघर्ष गरिरहेका जनतामाथि सरकारले बल प्रयोग गरेर त्यहाँका आदिवासी–जनजाति समुदायको अधिकारको हनन गरेको बैठकको ठहर रहेको छ ।

सरकारले माघ २४ गतेको संसदमा प्रस्तुत गर्ने अध्यादेशको पक्ष वा विपक्षमा मतदान गर्ने बारे कार्यकारिणी बैठकमा छलफल भएको छ । अध्यादेशको बिषयमा मंगलबार सिंहदरबारमा बस्ने जसपा नेपालको संसदीय दलको बैठकले आवश्यक निर्णय लिने बताइएको छ । अध्यादेश पारित हुने नहुनेमा जसपा नेपालको भूमिका निर्णायक भएकोले सो बारे पार्टीको निर्णयलाई चासोका साथ हेरिएको छ ।

बैठकले तीन वटा प्रदेशका इन्चार्जहरुको जिम्मेबारी हेरफेर गरेको छ । लुम्बिनी प्रदेशको इन्चार्जमा पार्टी महासचिव रामकुमार शर्मा, कर्णाली प्रदेशको इन्चार्ज बीर बहादुर नेपाली र सुदुरपश्चिम प्रदेशको इन्चार्ज प्रेमचन्द्र झालाई तोकिएको छ।


कार्यकारिणी बैठकले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को प्रदेश, जिल्ला, पालिका र वडास्तरगत समिक्षा गरेको छ । निर्वाचन क्षेत्रगत प्रगति विवरणसहित भएको छलफलमा उक्त अभियान अत्यन्तै उत्साहजनक, प्रभावकारी र परिणाममुखी भएको निष्कर्ष निकालिएको छ । माघ मसान्त पश्चात उक्त अभियान स्थगित गरेर आगामी बैशाखभित्र प्रदेश, जिल्ला र पालिकाको अधिवेसन सम्पन्न गर्न मातहतका संगठनहरुलाई बैठकले निर्देशन दिएको छ ।

जसपा नेपालले केन्द्रीय सल्लाहकार समिति गठन गर्ने गृहकार्यलाई अघि बढाएको छ । बैठकमा समिति गठनका लागि दुई दर्जन नेताहरुको नामावली संकलन गरिएको छ । थप छलफल र गृहकार्य गरी संकलित नामावलीबाट समितिको नेतृत्व र अन्य सदस्यहरु चयन गर्ने बताइएको छ ।  

कार्यकारिणी समितिमा नयाँ सदस्यहरु थप्ने गरी गठित कार्यदलको प्रतिवेदन उपर छलफल भएपनि चाडै नै थप गृहकार्य गरेर नयाँ सदस्यको टुंगो लगाउने निर्णय भएको छ । कार्यकारिणीमा नयाँ सदस्यका लागि दश जनाको नाम प्रस्ताव आएको बताइएको छ । तीनजना विभागीय प्रमुखसहित हाल ३५ सदस्सीय कार्यकारिणी समिति रहेको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]