काठमाडौं : पाथिभारा केबलकार निर्माण कार्य बन्द गर्नु्पर्ने मागसहित स्थानीयहरू लामो समयदेखि आन्दोलन गरिरहेका छन्। मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्ष समितिले विभिन्न ठाउँमा आन्दोलनका कार्यहरू गर्दै आएका छन्।
आज उनीहरूले काठमाडौंमा धर्ना दिएका छ्न्। जल,जमिन,जंगल हाम्रो प्राण,मुन्धुमी मुक्कुमसुङबाट सशस्त्र प्रहरी फिर्ता गर,राज्य आतंक बन्द गर लगायतका नारा लेखेका प्लेकार्ड प्रदर्शन गरेर धर्ना दिएका हुन्।
मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिले पूर्वका नौ जिल्लामा बन्दको आह्वान समेत गरेको छ। समितिले ताप्लेजुङ,पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभा बन्दको आह्वान गरेको हो । पूर्वी पहाडी जिल्लामा भने यातायात चलेको छैन । बन्दकर्ताहरूले गत माघ १५ गतेदेखि मेची राजमार्गमा यातायात बन्द यथावत् राखेका छन् ।
जसका कारण जनजीवन प्रभावित बन्दै गएको छ । पाथीभरा क्षेत्रमा केबुलकारको विरोध गर्दै आएका मुक्कुम्लुङ संरक्षण संर्घष समिति र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी गम्भीर घाइते भएपछि उनीहरू थप आन्दोलित बनेका हुन् ।

















