रामएकवाल राम / शियाराम यादव
दोहा, कतार । नेपाली जनसम्पर्क समिती कतारले लहान नगरपालिकाका जनप्रतिनिधिहरुलाई एक कार्यक्रम बिच सम्मान गरेको छ।
आईतवार बेलिकी ओल्ड दरबार रेस्टुरेन्टको सभाहल आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा कतार भ्रमणमा रहेका सिरहाको लहान नगरपालिकाका मेयर महेश चौधरी र सोही पालिकाका वाडा- १९ का वाडा अध्यक्ष कम्लुदिन राईन सहितका जनप्रतिनिधिहरुलाई सम्मान गरेकोहो।
कार्यक्रममा बोल्दै मेयर चौधरीले नेपाली राजनीतिक अवस्थाबारे आफ्नो विचार व्यक्त गर्दै हाल देशले भोगिरहेको चुनौती र सम्भावनाहरूको चर्चा गर्नुभयो। उहाँले लहान नगरपालिकाको विकास योजना प्रस्तुत गर्दै श्रमिकहरूको स्वास्थ्य सेवामा पहुँच सुधार्नका लागि श्रमिक अस्पताल खोल्ने घोषणा गर्नुभयो।
कतार बाट स्वदेश फर्किएर कृषि व्यवसायमा संलग्न हुन चाहने श्रमिकहरूलाई ५ बिघा सरकारी जमिन लिजमा उपलब्ध गराइने घोषणा गर्नुभयो। मेयर चौधरीले कृषि र आधुनिक प्रविधिको सहकार्यले नगर तथा देशको आर्थिक समृद्धिमा ठूलो योगदान पुर्याउनेछ। "हाम्रो नगर र देशको आर्थिक मजबूतीका लागि कृषिलाई प्राथमिकता दिनु आवश्यक छ," मेयर चौधरीले भन्नुभयो।
विधिवत रुपमा रुपमा सुरु गरिएको कार्यक्रममा उपस्थित नेपाली जन सम्पर्क समिती कतारका सम्पूर्ण पदाधिकारीहरुले दोसल्ला ओठाई प्रसंशा पत्रले सम्मान गरेको थियो। समितिका सभापति मोहम्मद अजिज अलिको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामकुमार मण्डल महासचिव केदार भुसाल लगायतअन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।




















