बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

साङ्गितिक प्रस्तुतिमा रमाउदै तामाङ समाज कतारले मनायो २८६१ औं सोनाम ल्होछार

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ २०, २०८१ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
साङ्गितिक प्रस्तुतिमा रमाउदै तामाङ समाज कतारले मनायो २८६१ औं सोनाम ल्होछार
Rampam
3D Education Lahan

दोहा : "नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा शुक्रबार, विशेष साङ्गितिक प्रस्तुतिमा मञ्जूश्री `संम्वत् २८६१ सोनाम ल्होछार ´  "बृहत साँस्कृतिक कार्यक्रम" सहानिय स्थित (अलदोसरी गार्डेन ) मा सम्पन्न गरेको छ ।  

"तामाङ मौलिक भेष,भुषामा सजिएर आएका करिव १३  सय बढि दर्शकले तामाङ सेलो, म्हेन्दोमायाँ,नेपाली लगायतका  साङ्गितिक प्रस्तुतिमा रमाउदै शाँझ ७ बजे सम्मपनि भरपुर्ण मनोरञ्जन लिए ।  

"प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी नेपाल तथा बिश्वभर रहेका तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाउने गर्दछ्न । । मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशु पञ्छीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक मानिन्छ  ।

समाजका अध्यक्ष शुवास तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महाससंघ कतारका अध्यक्ष डिएन मगर रहेका थिए । एनआरएनए कतारका महासचिव रबिन मगर,समाजका संरक्षक, सल्लाहकार, मात्री संस्थाका प्रतिनिधि लगायत अन्य विभिन्न संघसस्था,पत्रकार,बुद्धिजीवी तथा सामाजिक ब्यक्तित्व,लामा गुरु लगायतको उपस्थिति रहेको थियो ।

दिप प्रज्वलन,लामा गुरुद्वारा पुजा सहित राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा कलाकारहरुले स्वागत नृत्य तथा "साङ सेरगेम" प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य सहित ल्होछारको बारेमा समाजका प्रथम उपाध्यक्ष आशिस मोक्तान तामाङले राखे । नेपाल आदिवासी जनजाती महासंघ कतारबाट सामुहिक रुपमा आयोजक संस्था "तामाङ समाजलाई" विभिन्न कोशेली प्रदान गरेका थिए । 

एनआरएनए कतारका महासचिव रबिन मगरले प्रवास कतारमा रहेर पनि मौलिक रास्ट्रिय चाड सोनाम ल्होछार मनाउन पाउदा खुशी व्यक्त गरे । मगरले एनसीसी कतारले पासपोर्ट स्ल्ट समस्या, दुखित नेपाली श्रमिक हरुको उद्दार लगायत थुप्रै सामाजिक आर्थिक कार्यहरु गरिरहेको जानकारी गराए । जनजाती महासंघ कतारका अध्यक्ष प्रमुख अतिथि डिएन मगरले कार्यक्रम भब्य रुपमा सम्पन्न गर्ने तामाङ समाज परिवारलाई आभार प्रकट गर्दै सोनाम ल्होछारको शुभकामना दिएका । आफ्नो मौलिक संस्कार सस्कृती,रितिरिवाज परम्परालाई जिवन्त राख्न गरिएको कार्यक्रम अत्यन्तै सह्रानिय रहेको बताए।

कार्यक्रममा कलाकार संयोजक गायक कुमार ओख्रेली, गैरआवासीय नेपाली तारा-२०२३ गायन विधाका विजेता रुस्तम तामाङ र नृत्य विधाका उपविजेता सरोज लामा, गायिका सरला तामाङ,शुरेस बिसि,शान्ति ओलि,सृष्टि तामाङ, डिजे बुद्ध,गायक अमृत घिसिङ लगायत तिन दर्जन बढी कलाकारले तामाङ जातिको संस्कार–संस्कृति र पहिचान झल्किने विविध सांस्कृतिक प्रस्तुति दिएका थिए ।

समाजका अध्यक्ष कार्यक्रमका सभापती सुबास तामाङले बोल्दै उपस्थित सम्पुर्ण विभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गर्नुहुने अतिथि हरु, कार्यक्रमलाई सभ्य भब्य रुपमा सफल पार्ने कार्यसमिती तथा बिभिन ठाउँ बाट योगदान पुर्याउनु हुने सम्पुर्णलाई धन्यबाद दिदै औपचारिक कार्यक्रमको समापन भएको बताए ।

संस्थाका महासचिव श्री पाखृङ तामाङले औपचारिक र सचिव चित्र लामा तामाङ र सुशीला पाखृङ तामाङले साँस्कृतिक कार्यक्रमको सहजीकरण गरेका थिए ।सन २००५ मा कतारमा स्थापना गरिएको संस्थाले सक्रिय रुपमा तामाङ जातिको भाषा,कला,धर्म,संस्कृति र परम्परालाई जोगाउने उदेश्यले विभिन्न चेतनामूलक कार्यक्रम साथै मौलिक सोनाम ल्होछार चाड भब्य तरिकाले मनाउँदै आएको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]