रामएकवाल राम

दोहा , कतार- दलित एकता संजाल कतारको छैठो अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गर्दै प्रकाश विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

वरिष्ठ उपाध्यक्ष , बिमल परियार , उपाध्यक्ष कृष्ण ताम्राकार , दिपक कुमार बिक,महिला उपाध्यक्ष श्री कोपिला परियार , महासचिव अमृत विश्वकर्मा , सचिव अम्बर बराईली , ऋषिराज विश्वकर्मा , महिला सचिव अनिता परियार, कोषाध्यक्ष छबिलाल परियार, सह कोषाध्यक्ष सीता बिक चयन भएका छन।

त्यसतै सदस्यहरुम  विष्णु कुमार विश्वकर्मा , टिकाराम बराईली  त्यसतै संस्थाको कोशी प्रदेश संयोजक डोरेन्द्र विश्वकर्मा , गण्डकी प्रदेश संयोजक टोप बहादुर बिक, र कर्णाली प्रदेश संयोजक दिनेश विश्वकर्मालाई चयन गरेको हो।

शुक्रबार सनैयामा अवस्थित लालीगुरास रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनमा संस्थाका अध्यक्ष किरण परियारको सभापतित्व तथा एनआरएनए आईसिसिका उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाको प्रमुख एव प्रतिनिधि समाजसेवी , पत्रकार , कलाकारहरुको उपस्थित रहेको थियो।

विधिवत रुपमा सुरुवात भएको कार्यक्रममा संस्था वरिष्ठ उपाध्यक्ष प्रकाश विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए।

अमृत विश्वकर्माले सहजीकरण गरेको खुल्ला सत्रको कार्यक्रमलाई समापन गर्दै सभापति परियारले आफ्नो कार्यक्रम सफल बनाउन विभिन्न तह तप्काबाट सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएको थियो।