काठमाडौं। जनता समाजवादी पार्टी ( जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले तामाङ समुदायको नयाँ वर्ष “सोनाम ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना दिएका छन्।
तामाङ समुदायको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले बहुजातीय, बहुभाषिक बहुसांस्कृतिक विविधता युक्त नेपाली समाजमा आपसी सद्भाव,सहिष्णुता र बन्धुत्वको भावनालाई मजवुत बनाउने भन्दै शुभकामना व्यक्त गरेका छन्।
सोनाम ल्होसारले नेपालीबीच आपसी विश्वास एकतालाई सुदृढ गर्दै आत्मियता, समझदारी, सद्भाव र सहिष्णुता कायम गर्ने उत्प्रेरणा मिलोस् आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।





















