एजेन्सी ।एक जना नेपाली नागरिक हमासको कब्जामै रहेको इजरायली मिडियाले लेखेका छन्।गत वर्ष हमासले इजरायलमा आक्रमण गर्दा नेपाली विद्यार्थी विपिन जोशीलाई पनि नियन्त्रणमा लिएको थियो। समाचारमा भने हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी हुन वा होइनन् भन्ने खुलाएको छैन।
इजरायल सरकारले हमासले बन्धक बनाएका व्यक्तिहरूका बारेमा जानकारी सार्वजनिक गरेको हो। त्यसका आधारमा टाइम्स अफ इजरायलले हमासको कब्जामा रहेका व्यक्तिमध्ये एक जना नेपाली पनि भएको उल्लेख गरेको छ।
अहिले हमासको नियन्त्रणमा १० जना विदेशी नागरिक छन्। उनीहरूमध्ये आठ जना थाई नागरिक, एक जना नेपाली र एक जना तान्जिनियाली नागरिक रहेको समाचारमा उल्लेख छ।
उनीहरूमध्ये दुई जना थाई नागरिकको भने मृत्यु भइसकेको इजरायल सरकारलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले लेखेको छ। त्यस्तै, तान्जिनियाली नागरिकको पनि मृत्यु भइसकेको इजरायल सरकारले घोषणा गरिसकेको छ।
हमासले आज आठ जनालाई मुक्त गर्दै छ। जसमा तीन जना इजरायली नागरिक र पाँच जना थाई नागरिक रहेका छन्।

















