जग जिवन राम (जीवन कुमार) 

साउदी अरब। नेपाल तामाङ घेदुङ,शाखा साउदी अरबको तेश्रो अधिवेशन सम्पन्न भएको छ।

शुक्रबार रियादको एक्जिट नौ मा सम्पन्न भएको अधिवेशनमा अमृत घिसिङ तामाङको अध्यक्षता २९ सदस्यीय पदाधिकारी सहितको नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ।

सोनाम ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।संस्थाक्क अध्यक्ष रुपक वाईबा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा, नेपाली राजदुतावाका  राजदूत महामहिम डा. नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यता रहेको थियो।

नेपाली दुताबासका प्रथम सचिब टिकाराम उपाध्याय,लेबर काउन्सुलर कबिराज उप्रेती लगायत साउदी अरवमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थको थिए ।

मञ्जुश्री संम्वत २८६१ औं डुल/स पुख्री ल्हो सोनाम ल्होछार तथा वृहत् सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकार गायक  रोज मोक्तान र  सेलो गायिका सुमिना लो तामाङ  साथै  साउदी अरबमा कार्यरत स्थानिय नेपाली कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो।

नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरबको आयोजनामा सम्पन्न कार्यक्रममा १५०० भन्दा बढीको उपस्थिती रहेको थियो।तामाङ समुदाय को मौलिक पोशाक साथै संस्कृतिको समुच्च उच्च प्रदर्शनी समेत देखिएको थियो भने कार्यक्रम  संचालन महासचिव नागेश तामाङले गरेका थिए।


नयाँ कार्यसमिति :-

बरिष्ठ उपाध्यया :-श्री जागेश सिंगर तामाङ

महिला उपाध्यक्ष:-श्रीमती लक्ष्मी लोप्चन तामाङ

उपाध्यक्षहरु      :-संजय घिसिङ तामाङ,रोम व्यान्देन तामाङ 

महासचिव         :-रोशन घ्लान तामाङ 

सचिव               :-श्री निर्मल घिसिङ तामाङ 

महिला सचिव     :-श्री पेमा लोप्चन तामाङ 

कोषाध्यक्ष           :-श्री सागर थिंग तामाङ 

सह-कोषाध्यक्ष     :-श्री पुरन मोक्तान तामाङ 

प्रमुख सल्लाहकार:- रुपक वाईबा तामाङ

संरक्षक                :- दावा घिसिङ तामाङ,

सल्लाहकारहरु      :- शन्तबिर घिसिङ तामाङ ,मनिश तामाङ 

सदस्यहरू :

श्री लक्ष्मण मोक्तान तामाङ 

श्री अनिता च्लोन तामाङ 

श्री गौरीमाया चल तामाङ 

श्री संचिता स्याड्चो तामाङ 

श्री सपना स्याड्ताड् तामाङ 

श्री सरिता घिसिङ तामाङ 

श्री सरु थिड्ग तामाङ 

श्री सिता थिङ्ग तामाङ 

श्री छेराड्ग दोंग तामाङ 

श्री दलु लोप्चन तामाङ 

श्री किरण किरण घिसिङ तामाङ 

श्री कृष्ण मोक्तान तामाङ 

श्री लक्ष्मण लो तामाङ 

श्री पदम मोक्तान तामाङ 

श्री रविना घिसिङ तामाङ 

श्री टिकाराम दोङ तामाङ 

श्री उत्तर गोले तामाङ 

श्री याम मोक्तान तामाङ चयन भएका छन।