रामएकवाल राम
दोहा - मधेशी एकता समाज कतारद्वारा डाक्टर सुनिल साहलाई एक कार्यक्रम बिच सम्मान गरेको छ।
शुक्रबार लालिगुरास रेस्टुरेन्टको सभाहलमा मधेशी एकता समाज कतारले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा जनकपुर निवासी डाक्टर साह ३० वर्ष देखि युकेको स्वास्थको क्षेत्रमा काम गर्दै आईरहेका डाक्टर साहले युके - नेपाल यात्राको क्रममा ट्रानजिटको समयलाई सदुपयोग गर्दै कतारमा मधेसी दाजुभाइ हरु सङ्ग भेटघाट गरेको हो।
कार्यक्रममा बोल्दै डाक्टर साहले मधेशम अहिले पनि स्वास्थ र शिक्षाको क्षेत्रमा पछि परेको भन्दै चिन्ता व्यक्त गरेका छन।मधेशमा शिक्षा र स्वास्थमा पछि पर्दै जानु समग्र देशकै लागि चिन्ताको विषय रहेको बताएका हुन।
धार्मिक एतिहासिक र प्राचीन शहर मधेशको जनकपुरधाम जस्तो पवित्र मानिने ठाउँ फोहोर, मैला व्यवस्थापन गर्न नसक्ने पनि एउटा ठुलो समस्या रहेको बताएका हुन।पहाडी क्षेत्रको तुलनामा मधेश फोहोर मैलाको अझै ठुलो समस्या रहेको बताए।
विधिवर रुपमा सुरु भएको कार्यक्रममा विभिन्न संघ संस्थाले खादा , दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेको थियो।संस्थाका अन्तराष्ट्रिय उपाध्यक्ष राजिव झा मिडलिस्ट अध्यक्ष अभय ठाकुर साथै दोहामा स्थापित मधेस प्रदेशका विभिन्न संघ संस्थाका अध्यक्ष एव प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।मधेशी एकता समाज कतारका अध्यक्ष शिव कुमार महतोको सभापतित्वमा सप्पन्न कार्यक्रममामा संस्थाका महासचिव चन्द्रविर यादवले सहजीकरण गरेको थियो।

















