रामएकवाल राम 

दोहा - नेपाल ईन्जिनियर्स एसोसिएसन कतार सेन्टरको आन्तरिक भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार कतारको अल दोसरी जु गार्डेनको पार्कमाअङ्ग्रेजी नयाँ वर्ष २०२५, को शुभकामना अदान प्रदान सहित विविध साङ्गितिक तथा खेलकुद आयोजना गर्दै वनभोज कार्यक्रम सप्पन्न गरेको हो।

कार्यक्रममा एसोसिएसन कतार सेन्टरका अध्यक्ष ई.सिताराम चौधरीको सभापतित्वमा  सप्पन्न कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार  ई. सफदर इमाम, प्रथम उपाध्यक्ष ई.अरुन कुमार भगत द्वितीय उपाध्यक्ष ई संजय साह   सल्लाहकारहरु ई.प्रदिप  कुमार झा ई.अर्जुन भट्टराई,ई.पदम नारायण साह,ई.रुसतम सुदिकी,ई.मोहम्मद रुरैन,ई.शेख डानियल अहमद,जेनेरल सेकेरटरी सचिव ई.अन्जनी पजियार, कोषाध्यक्ष ई.जुबेर अहमद,उपकोषाध्यक्ष ई. जिना डङ्गोल श्रेष्ठ , सेक्रेटरी ई.प्रवीण श्रेष्ठ, सदस्य ई.अर्जुन चौधरी ,ई.शनि जैसवाल सहितको उपस्थिति रहेको थियो।

84af5ead-1d81-4243-a845-3d14fba5deb3

उक्त कार्यक्रममा सहभागीहरुले सर्कल जम्प खेलमा सहभागिता जनाए पनि महिला तर्फ श्रीमती सलोनी र पुरुष तर्फ ई.जाबिर अन्सारी प्रथम भएर पुरस्कार प्राप्त गरे।त्यस्तै अर्को खेल बिङ्गगो तर्फ जुबेर अहमदले प्रथम गर्दै पुरस्कृत भएका हुन।कार्यक्रम बच्चाहरुलाई पनि संस्थाको तर्फबाट पुरस्कर प्रदान गरेका थिए।

682f44ec-4415-4c73-a15c-aaba75e014f4 - Copy

विधिवत रुपमा सुरुवात गरेको कार्यक्रममा संस्थाका भुतपुर्व अध्यक्ष स्व. श्रवण कुमार झा प्रति एक मिनेट मौन धारण गरिएको थियो।एसोसिएसन कतार सेन्टका सचीव अन्जनी पजियारले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै अध्यक्ष ई. सिताराम चौधरीले वनभोज तथा भेटघाट आपसी भावना साटासाट गर्दै पुराना स्मृतिहरु ताजगी गर्दै र भविष्यका योजनाहरुकोबारेमा एकजुट भएर अगाडि बढने हौसला मिल्ने बताए।

1e416137-c661-4c43-aa26-49db82c85b08 - Copy

c604be59-5e49-43da-ba82-a7ba69d59541 - Copy

ecd92f3a-63bc-4b0f-b165-d13b080a69d4

682f44ec-4415-4c73-a15c-aaba75e014f4 - Copy