रामएकवाल राम 

दोहा - डाक्टर सुनिल साहले मधेश अहिले पनि स्वास्थ र शिक्षामा पछि परेको भन्दै चिन्ता व्यक्त गरेका छन।

मधेशी एकता समाज कतारले शुक्रबार लालिगुरास रेस्टुरेन्टको सभाहलमा आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा मधेशमा शिक्षा र स्वास्थमा पछि पर्दै जानु समग्र देशकै लागि चिन्ताको विषय रहेको बताएका हुन।

4f53fb8b-2b34-4df6-8241-c953e9eb9ee7

धार्मिक एतिहासिक र प्राचीन शहर मधेशको जनकपुरधाम जस्तो पवित्र मानिने ठाउँ फोहोर, मैला  व्यवस्थापन गर्न नसक्ने पनि एउटा ठुलो समस्या रहेको बताएका हुन।पहाडी क्षेत्रको तुलनामा मधेश फोहोर मैलाको अझै ठुलो समस्या रहेको बताए।

1ffa078f-8283-45b1-89f6-c4a7afd50a1d

कार्यक्रममा दोहामा स्थापित मधेस प्रदेशका विभिन्न संघ संस्थाका अध्यक्ष एव प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।मधेशी एकता समाज कतारका अध्यक्ष शिव कुमार महतोको सभापतित्वमा सप्पन्न कार्यक्रममामा संस्थाका महासचिव चन्द्रविर यादवले सहजीकरण गरेको थियो।