सप्तरीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ
सप्तरी । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका–१ बस्ने १९ वर्षीय अकलेश कुमार मण्डल रहेका छन् ।
अकलेशले ती बालिकालाई सोही गाउँपालिका–७ स्थित कोशी नहरको डिलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्